मातृभूमि टोल सुधार संस्था गैडाकोटको साधारण सभा सम्पन्न (फोटो फिचर )

 गैंडाकोट, १५ पुस ।  गैंडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले गैंडाकोटको विकासका लागि विज्ञता हासिल गरेका व्यक्तिहरु र नगरकार्यपालिकाका सदस्यहरुबीचको अन्र्तिक्र्रयाबाट भावी गुरुयोजना निर्माण गरी सञ्चालनमा ल्याउने जानकारी दिनुभयो ।

शिक्षा, स्वास्थ, खानेपानी, ढलनिकास मात्र होइन नगरको सर्वपक्षीय विकासका लागि टोलसुधार संस्थाहरुसँग समन्वय गरेर अगाडि बढ्ने धारणा अभिव्यक्त गर्दै समग्र गैंडाकोटको विकासमा टोलसुधार समितिहरुको भूमिका प्रशंसनीय रहेको बताउनु भयो । उहाँले नगरपालिका क्षेत्रभित्रको सर्वपक्षीय विकासको लागि एकता जरुरी भएको भन्दै सबैसँग मिलेर अगाडि बढ्ने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा नवलपुर जिल्ला समन्वय समितिका उपप्रमुख शारदा विश्वकर्माले जनताको हरेक सुखदुखमा आफ्नो साथ रहने भनाइ राख्नुभयो । त्यसैगरी कार्यक्रममा संस्थाका सल्लाहकार संयोजक केशवप्रसाद सापकोटा, वडाध्यक्ष नवराज कंडेल, टोल विकास संस्था सञ्जालका सचिव विष्णुप्रसाद सापकोटा, सल्लाहकार सदस्य गोविन्द रिमाल, मातृभूमि बालक्लबका सदस्य स्मृति पौडेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

यसअघि कार्यक्रममा संस्थाको प्रगति विवरण र प्रस्तावित वार्षिक कार्यक्रम संस्थाका सचिव रत्नप्रसाद सापकोटा र आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष कृष्णप्रसाद ज्ञवालीले प्रस्तुत गर्नुभएको थियो । संस्थाका उपाध्यक्ष दुर्गा लामिछानेको स्वागत मन्तव्य रहेको सो कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष एकनाथ रिजालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Promise Education Consultancy