अस्थाई प्रहरी पोष्ट, बेल्डिहाको भवन उद्घाटन, शान्ति–सुरक्षा स्थापना हुने विश्वास


राजन खरेल

 गैंडाकोट, १५ पुस ।  अस्थाई प्रहरी पोष्ट, बेल्डिहा भवनको गैँडाकोट १३ मा उद्घाटन भएको छ ।

शनिबार एक कार्यक्रमका विच नवलपुर जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरिक्षक दिपेन्द्र जि.सीले भवनको उद्घाटन गर्नुभएको हो । गैँडाकोट नगरपालिका , स्थानिय क्षेत्रका उद्योग, व्यबसायी, लगायत जनप्रतिनिधीको सहयोगमा भवनको निर्माण भएको हो ।
उद्घाटन पछि प्रहरी उपरिक्षक जि.सीले, प्रहरी र नागरिक दुबैपक्षको हातेमालोबाट मात्र समाजमा सुशासन, शान्ति र सदाचारको विकास हुने भएकाले प्रहरी संगै हातेमालो गर्न सबै पक्षसंग आहब्बान गर्नुभएको छ । शान्ति स्थापनामा प्रहरी र नागरिक दुवैको भुमिकाको महत्व हुने उहाँको भनाई थियो ।   ( भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस …  #423a7  )

सो अबसरमा अस्थाई प्रहरी पोष्ट बेल्डिहाको भवन निर्मिाण समितीका अध्यक्ष खुम प्रसाद शर्माले स्थानियबासी, ब्यबसायी, समाजसेबीको सहयोगबाट मात्र प्रहरी पोष्ट स्थापना गर्न सकिएको चर्चा गर्दै प्रहरीले नागरिक प्रतिको जिम्मेबारी निभाउनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा गैँडाकोट १३ का वडाध्यक्ष पदमलाल पौडेल, समाजसेबी यमुनाथ आचार्य, हरिराज गौतमले शुभकामना मन्तब्य राख्नुभएको थियो । यस्तै कार्यक्रममा उधोग वाणिज्य संघ गैँडाकोटका अध्यक्ष अमृत भट्टचन् , समाजसेबी गजेन्द्र बहादुर आले लगायत स्थानिय क्षेत्रका समाजसेबी, ब्यबसायी र सरोकारवाला पक्षको उपस्थिती रहेको थियो ।