हात्ती फास्टको उपाधी लक्कीकलीले हात पारि

चितवन, १५ पुस । चितवन हात्ती महोत्सव २०७४ अन्र्तगत हात्ती फास्टवाकको उपाधी लक्कीकलीले हात पारेकी छ ।
पर्यटन क्षेत्रको प्रबद्र्धन गर्ने उद्येश्यले चितवनको सौराहामा जारी हात्ती महोत्सव अन्र्तगत आज भएको हात्ती फास्टमा ५ वटा हात्ती पछी पार्दै टुरिजम बैकबाट प्रतिनिधित्व गरेकी लक्कीकलीले निर्धारित दुरी ३० सेकेण्ड ४० पलमा पार गदै उपाधी हासिल गर्न सफल भएकी हो ।
चेतनारायण केँडलको हात्ती रहेकी लक्कीकली यसअघिको उपाधी हात पारेको नजिता प्रकाश समितिका संयोजक दामोदर रेग्मीले जानकारी दिए ।
बाघमारा सामुदायिक वनको चौरमा आयोजित प्रतियोगितामा हिमालयन सोसल जोर्नीबाट प्रतिनिधित्व गरेकी एकताकलीले निर्धारित दुरी ३१ सेकेण्ड ५३ पलमा पार गर्दै दोश्रो र कोकाकोलाबाट प्रतिनिधित्व गरेको अनारकलीले ३५ सेकेण्डमा पार गर्दै तेश्रो स्थान हासिल गरेकी थिईन् । दौडको लागि चौरमा छुट्टाछुट्टै ट्रयाक बनाएर हात्तीहरुलाई दौडाईएको थियो ।
हात्ती महोत्सव अन्र्तगत यसअघि दौड रहेकोमा यसलाई जनावरमैत्री बनाउदै हात्ती फास्ट वाकको रुपमा आयोजकहरुले फास्ट वाक बनाएका हुन् ।
यो यसअघि अन्र्तराष्ट्रिय हात्ती दौडको रुपमा समेत परिचित थियो ।