पुस १७ मा पूर्वी चितवनमा पाचौँ पोल्ट्री दिवस मनाईने (भिडियो)

राजेन्द्र आचार्य
चितवन, १५ पुस । चितवनमा पाचौँ पोल्ट्री दिवस २०७४ विशेष कार्यक्रम गरि मनाईने भएको छ ।
आर्थिक मेरुदण्डको रुपमा रहेको आत्मनिर्भर भएको मुलुकको एक मात्र पोल्ट्री क्षेत्रको प्रर्वद्धन गर्ने उद्देश्यका साथ यो दिवस हरेक बर्ष जस्तो यो बर्ष पनि यहि पुस १७ गते पूर्वी चितवनको रत्ननगरमा मनाईन लागेको हो ।
५ बर्ष अघिदेखि नेपाल पहिलो वि. स. २०१७ साल पौष १७ परवानीपुर बाराको सेन्ट्रल ह्याचरीको समुदघाटन पश्चात नेपालमा आधुनिक पोल्ट्रीको शुरुवात भएको दिनलाई आधार मानेर यो विस मनाईदै आएको छ ।
विगतमा जस्तै यो पनि पूर्वी चितवनको रत्ननगरमा ‘मासु र अण्डा खाऔँ’ भन्ने नारासहित दिवस मनाउन लागिएको नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष डा. होमबहादुर बस्नेतले जानकारी दिए ।
दिवसमा बिहान प्रभातफेरि, प्रविधिक अन्र्त्क्रियात्मक गोष्ठी र विभिन्न समस्या र यसको समाधानका विषयमा पोल्ट्री व्यवसायी र सरकारी निकाय विच छलफल गरिने डा. बस्नेतले बताए ।
रत्ननगरमा पत्रकार सम्मेलन गरी पुस १७ मा मनाउन लागिएको दिवसका अवसरमा सबै पोल्ट्री व्यवसायीहरुलाई सक्रिय सहभागी गराउन व्यवसायी मञ्चले अनुरोध पनि गरेको छ ।
चितवनका पाँचदेखि मञ्च र नेपाल सरकारको पशुपक्षी मन्त्रालयको आयोजनाका यो दिवस मनाउदै आएको छ ।
देशको कुल ग्राहस्थ उत्पादनमा करिब ४ प्रतिशत हिस्सा आगटेको पोल्ट्री व्यवसायमा करिब ८० अरब रुपैया लगानीभएको अनुमान गरिएको छ भने करिब एक लाख २० हजार व्यक्तिलाई पोल्ट्री क्षेत्रले रोजगारी प्रदान गर्दै आइरहेको छ ।
नेपालमा १ सय ८० वटा ह्याचरी, १५ हजार पोल्ट्री फर्म, १ सय बढी दाना उद्योग रहेको नेपाल ह्याचरी उद्योग संघ चितवनका अध्यक्ष ज्ञानबहनदुर विसुरालले जानकारी दिए
भने दैनिक २२ लाख अण्डा उत्पादन हुदै आएको छ । भने दैनिक ३२ लाख केजी कुखुराको मासु खपत हुदै आएको नेपाल अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसीले जानकारी दिए ।
‘नेपालको कुखुरापालन व्यवसायमा आधुनिक प्रविधि भित्रदै गइरहेको उनले भने । यस पेशाले आयात प्रतिस्थापन गर्दै आम देशवासीहरुलाई सवै भन्दा सस्तो मूल्यमा गुणस्तरीय र पोषणयुक्त खाद्यन्नमासु र अण्डा उपलव्ध गराएको छ ।’
बजार अवस्थानिरन्तर रुपमाअसन्तुलनहुनु, कुखुरापालककिसानहरुले लागतमूल्य समेत पाउननसक्ने अवस्था हुनु नै यसको प्रमुख समस्या रहदै आएको छ । भने सरकार र निजी क्षेत्र संलग्न मूल्य निर्धारण तथा अनुगमन समिति बनाउनु पर्ने आवश्यकता, कृषि क्षेत्रको आत्मनिर्भर एक मात्र व्यवसाय पोल्ट्री क्षेत्रको बजारीकरण र बजार प्रवद्र्धनका लागि राज्यको तर्फवाट विशेष योजना तर्जुमा गर्नु पर्ने व्यवसायीहरुको भनाई छ ।
साथै पशु क्वारेन्टाइन चेक पोष्टको सेवा अति आवश्कीय सेवा सरह २४ सै घण्टा खुला राख्ने व्यवस्था गर्न माग समेत गरेका छन् ।

Promise Education Consultancy