धादिङको जोगिमारामा ट्यांकर र जिप ठोक्किदाँ एक जनाको मृत्यु, तीन घाइते

धादिङ,  १५  पुस ।  धादिङको जोगिमारामा ट्यांकर र जिप ठोक्किदाँ एक जनाको मृत्यु, भएको छ। पृथ्वी राजमार्गअन्तर्गत् धादिङको जोगिमारास्थित तिक्रङ खानीनजिकै शनिबार भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको हो । दुर्घटनामा अरु तीनजना घाइते भएका छन् ।

मृत्यु हुनेमा सिराहाको मिर्चैयाका ५३ वर्षीय रामबाबु साह रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले जनाएको छ ।

दुर्घटनामा घाइतेमध्ये शोभादेवी साह र राजकिशोर साहको अवस्था गम्भीर छ । उनीहरुलाई उपचारका लागि काठमाडौं पठाइएको छ ।

काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको ना६ख ००९४ नम्बरको ट्यांकर र विपरीत दिशाबाट आउँदै गरेको बा१४च ६६६८ नम्बरको जिप आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।

दुवै सवारीका चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Promise Education Consultancy