मेलम्ची आयोजनामा दोस्रोुब्रेक थ्रुु,ग्याल्थुम अम्बाथान खण्डको सुरुङ मध्यराति जोडियो

मेलम्ची (सिन्धुपाल्चोक) : मेलम्ची खानेपानी आयोजनाको ग्याल्थुम अम्बाथान खण्डको सुरुङ शुक्रबार मध्यराति जोडिएको छ । आयोजनाको मुख्य कामको यो दोस्रो ‘ब्रेक थु्र’ हो ।शुक्रबार राति बाँकी रहेको करिब चार मिटर सुरुङ खन्ने काम सम्पन्न भएसँगै आयोजनाको दोस्रो खण्ड पूरा भएको हो आजको अन्नपुर्णपोष्टमा खबर छ।

ग्याल्थुम अडिटदेखि अम्बाथानसम्मको आठ दशमलव दुई किलोमिटर छेडिएसँगै आयोजनाको १७ दशमलव ६ किलोमिटर सुरुङ निर्माण सम्पन्न हुनेछ । ‘शुक्रबार राति यस खण्डको सुरुङ ब्रेक थ्रु हुँदै छ’, आयोजनाको उपकार्यकारी निर्देशक वासुदेव बास्कोटाले भने, ‘शनिबार औपचारिक रूपमा ब्रेक थ्रुको घोषणा हुनेछ ।’ यसअघि आयोजनाको सबैभन्दा लामो खण्ड सिन्धु अडिटदेखि सुन्दरीजलसम्मको नौ दशमलव चार किलोमिटर सुरुङ ‘ब्रेक थ्रु’ भइसकेको छ।

आयोजना निर्माणका लागि मुहानदेखि सुन्दरीजलसम्मको साढे २७ किलोमिटर सुरुङ खन्नुपर्नेछ । योमध्ये सिन्धुदेखि ग्याल्थुम अडिटको खण्डमा करिब पाँच सय मिटर मात्र सुरुङ खन्न बाँकी रहेको आयोजनाले जनाएको छ । दैनिक १० देखि १२ मिटर खन्ने काम भइरहेकाले यो खण्ड पनि पुसभित्रै सम्पन्न हुने बास्कोटाले बताए ।

 

Promise Education Consultancy