गैँडाकोट नगरपालिकालाई २०७५ चैत्र भित्र बालमैत्री नगर घोषणागर्ने प्रतिबद्धता (भिडियो सहित )

१४ पौष, राजन खरेल, गैँडाकोट ।
गैँडाकोट नगरपालिकालाई आगमी चैत्र मसान्त भित्र बालमैत्री नगर घोषण गर्ने गरि काम अगाडी बढाइएको छ । नगरपालिकाको वडा तहबाट स्थानिय तहहरु बालमैत्री बनाउने गरि अभियान अगाडी बढेको हो । दुई दिनसम्म गैँडाकोटमा जारी बालमैत्री अभिमुखिकरणको अन्तिम दिन यस्तो जानकारी गराईएको हो ।

कार्यक्रममा गैडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले बिक्रम संम्बत २०७५ चैत्र मसान्त सम्म नगरका सबै वडाहरुलाई बालमैत्री घोषणा गरि सिड्डो नगरलाई समेत घोषित गरिसक्ने जानकारी दिनुभयो । कार्यक्रममा नगरपालिकाका उप प्रमुख विष्णु कुमारी कंडेलले हरेक कदममा हामीले बालमैत्री ब्यबहार अपनाउन पर्ने आवश्यकता औल्याउनुभयो । कंडेलले हरेक तहमा बालबालिकाको पहुँच पुर्याउनुपर्नेमा जोड समेत दिनुभयो ।

कार्यक्र्र्र्र्ममा आगामी बैशाख मसान्त भित्र नगरका २ वटा वडालाई बालमैत्री वडा घोषणा गर्ने समेत जानकारी गराईएको छ । गैडाकोट नगरपालिकाको वडा नं १ र वडा नं ११ लाई बालमैत्री वडा घोषणा गरिसक्ने बताईएको छ । कार्यक्रममा शैेक्षिक संस्थाका तर्फबाट गैडाकोट ईलिस स्कुलका प्रधानाध्यापक हिरालाल अर्याल, जनप्रतिनिधीका तर्फबाट समाजसेबी गोबिन्द सुबेदि, नगर बालसंजालकी अध्यक्ष अलका आर्चाय लगायतले धारणा राख्नुभएको थियो ।

 

सामाजिक परिचारिका संयोजक गिता शर्माको सहजिकरण रहेको सो कार्यक्रममा बालमैत्री स्थानिय शासन कार्यक्रमका राष्ट्रिय प्रशिक्षक कृष्णप्रसाद चर्तुवेदीले प्रशिक्षण दिनुभएको थियो । शुक्रबार बाट सुरु कार्यक्रममा, नगरपालिका भित्रका जनप्रतिनिधी, शिक्षाकर्मी लगायत सयौं सरोकारवालाको उत्साहपुर्ण सहभागिता रहेको थियो   (((…  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस…)))      MVI_4294

Promise Education Consultancy