विकास रनिङ शिल्ड फुटबल फागुन ८ देखि

चितवन, १४ पुस । चितवनको प्रतिष्ठित फुटबल प्रतियोगिता विकास रनिङ शिल्डको १३ औं संस्करण आगामी फागुन ८ गतेदेखि सुरु गरिने भएको छ ।
यसअघि पुस २० गतेबाट आयोजना गर्ने भनिएको प्रतियोगिता कतिपय ‘ए’ डिभिजन क्लबहरुको खेलतालिकाले गर्दा प्रभावित हुँदा डेढ महिना पछाडि सारिएको हो । टुबोर्ग वियरको मुख्य प्रायोजक रहेको प्रतियोगितालाई टुबोर्ग बिकास रनिङ शिल्ड अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता भनिएको छ ।

प्रतियोगितामा कम्तीमा १२ वटा टिमको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताका लागि तयारी दु्रत बनाइएको छ । प्रतियोगिताको विजयीले यसपालि पनि गतवर्षको जस्तै तीन लाख रुपैयाँ पाउनेछ भने उपविजेताले डेढ लाख रुपैयाँ पाउने छ ।
गतसालको प्रतियोगितामा फलामको प्याराफिट हालेर क्याम्पाचौरलाई रंगशालाको झल्को दिइएको थियो । यसपालि अझै लामो र अझै बलियो प्याराफिट बनाउन लागिएको छ ।
गतसाल आर्मीलाई हराएर काठमाडौंको ए डिभिजन क्लब शंकटाले १२ औं रनिङ शिल्ड जितेको थियो ।

Promise Education Consultancy