हंस सहकारीका स्वास्थ्य शिविरमा पाँच सय जनाले लिए सेवा

 

चितवन, पुस १४ । रत्ननगर १ स्थित हंश वहुउदेश्यीय सहकारी संस्थाले आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा ५ सय जनाले सेवा लिएका छन् ।
सस्थाले स्थापना दिवसको अवसर पारेर शुक्रवार रत्ननगरको सौराहा चोकमा आयोजना गरेको शिविरमा ५ सय जनाले स्वास्थ्य परिक्षण गराएका हुन् ।
चितवन मेडिकल कलेजको सहकार्यमा आयोजित शिविरमा विभिन्न स्त्रीरोग,वालरोग,हाडजोर्नी तथा नशा,दन्त रोग,नाक,कान,घाँटी लगायतको सेवा उपलव्ध गराईएको थियो । स्वास्थ्य शिविरमा इसिजी,भिडियो एक्सरे,अल्ट्रासाउण्डसहितको सेवा उपलव्ध गराईएकाले उत्साहजनक रुपमा विरामीको सहभागीता रहेको हंश वहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष दिनेशकुमार चुकेले वताए ।
शिविरमा सेवाग्राहीहरुको सहभागीताले आफुहरु उत्साहित भएको भन्दै अध्यक्ष चुकेले ग्रामिण क्षेत्रका जनतालाई सेवा प्रदान गर्न तयार रहेको वताए । स्वास्थ्य परिक्षणका लागि कालिका नगरपालिकाको शक्तिखोरदेखी रत्ननगर सम्म विरामी आएका थिए । स्वास्थ्य जाँच गराईएकालाई आवश्यकता अनुसार औषधी निशुल्क रुपमा समेत वितरण गरिएको अध्यक्ष चुकेले जानकारी दिए ।
चितवन क्षेत्र नम्वर एक प्रदेश सभा साँसद कृष्ण खनालको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष चुकेको अध्यक्षतामा भएको सो शिविरको उद्घाटन समारोहमा रत्ननगर नगरपालिकाका मेयर नारायण वन,वकुलहर रत्ननगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्डर अजय न्यौपाने,चितवन मेडिकल कलेजका निर्देशक दयाराम लम्साल लगायतले मन्तव्य राख्दै सहकारी संस्थाले गरेको कामको प्रसंसा गरे ।

Promise Education Consultancy