फास्ट वाकमा ६ वटा हात्ती फाईलनमा प्रवेश, फुटबलको फाईलनमा माउन्ट एभरेस्ट र मेघा बैंक

चितवन, १४ पुस । पर्यटन क्षेत्रको प्रर्वद्धन गर्ने उद्देश्यले चितवनको सौराहामा जारी हात्ती महोत्सव अन्र्तगत आज भएको हात्ती फास्टबाट ६ वटा हात्ती फाईलनमा प्रवेश गरेका छन् ।
बाघमारा सामुदायिक वनको चौरमा आयोजित प्रतियोगितामा कोकाकोलाबाट प्रतिनिधित्व गरेको अनारकली, एरा हस्पटीलबाट सहभागी बम्मोजकली, रत्ननगर नगरपालिकाको रानीमायाकली, हिमालयन सोसल जोर्नीका एकताकली, टुरिन्म बैंकका लक्कीकली, र मनकामनाबाट प्रतिनिधित्व गरेका चम्पाकली फाईनल प्रवेश गरेका हुन् ।
यिनीहरु बिच भोलि फाईनल प्रतिष्पर्धा हुने आयोजक क्षेत्रिय होटल संघले जनाएको छ ।
आज भएको सेमीफाईनल प्रतियोगिताबाट लक्ष्मीकली ए, चंचलकली, जानकीकली, र आशाकली बाहिरिएकी हुन । दौडको लागि चौरमा छुट्टाछुट्टै ट्रयाक बनाएर हात्तीहरुलाई दौडाईएको थियो ।
फुटबलको तेश्रो स्थानमा प्रभु बैंकले बाजी
त्यस्तै अधिकांश दर्शकको रोजाईमा पर्ने हात्ती छावा बिचको फुटबल प्रतियोगिताको तेश्रो स्थानको लागि भएको खेलबाट प्रभु बैंकले बाजी मारेको छ ।
प्रभु बैंकबाट प्रतिनिधित्व गरेका हात्तीहरुले मेघा बैंकबाट सहभागी हात्तीहरुलाई १–० को झिनो अन्तरले पराजित गर्दै तेश्रो स्थान बनाउन सफल भयो । प्रभुका तर्फबाट मारुतीकलीले १ गोल गर्दै टिमलाई जित दिलाएका थिए । त्यस्तै हात्तीपोलो अन्र्तगत आज भएको सेमी फाईनल प्रतियोगिताबाट माउन्ट एभरेस्ट र मेघा बैंक फाईलनमा प्रवेश गरेको छ ।
आज सम्पन्न सेमी फाईलनमा प्रतियोगिताबाट माउन्ट एभरेस्टले स्पोर्टस कल्चरलाई ४–१ को फराकिलो अन्तरले हराउदैं फाईलन प्रवेश गरेको छ भने अर्को तर्फ मेघा बैंकले एनआईसि एशिया बैंकलाई ४–३ ले पछि पार्दै फाईनलमा आफ्नो स्थान सुरक्षित बनाएको छ ।
प्रतियोगितामा मेघा बैंकको तर्फबाट चन्द्र तामांगले हयाट्रिक गरेका थिए भने विनोद चौधरीले १ गोल गर्न सफल भएका थिए ।

त्यस्तै एनआईसी एशियाको तर्फबाट ठगाहा पंजियारले १ र संत चौधरीले दुई गोल गरेपनि जितको लागि पर्याप्त भएन् ।
आयोजकका अनुसार भोलि हात्ती दौड, हात्तीपालो, र छावा बिचको फुटबल प्रतियोगिताको फाईनल प्रतिष्पर्धा हुने जनाएको छ ।
अजंगको शरिर भएको हात्तीले खेलेको खेल हेर्न यतिबेला सौराहामा पर्यटकको घुईचो लागेको छ । महोत्सव भोलि शनिबार सम्पन्न हुनेछ ।

Promise Education Consultancy