सुन्दरी प्रतियोगिताको ताज ३८ वर्षिया पुजाकलीले पहिरिई

चितवन, १४ पुस । युवा युवती बिच हुने सौन्दर्य प्रतियोगिता त हामी सबैले सुनेका पनि छौं, देखेका पनि छौ तर अजंगको शरिर भएको हात्ती बिच पनि सुन्दरी प्रतियोगिता हुन्छ भन्दा तपाईलाई पत्यार नलाग्न सक्ला, तर आज चितवनको पर्यटकिय नगरी सौराहामा पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले आयोजित महोत्सवमा हात्ती बिच सुन्दरी प्रतियोगिता भएको छ ।
आन्तरिक तथा बाह्य पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले चितवनको सौराहामा आयोजित हात्ती महोत्सव अन्र्तगत आज हात्ती हात्ती बिच भएको सुन्दरी प्रतियोगिताको ताज ३८ वर्षिया पुजाकलीले पहिरिएकी छिन् ।
१०० पुर्णाङमा ७८.७ अंक ल्याएर पुजाकलीले उपाधि जिल्न सफल भएको हात्ती व्यवस्थापन तथा खेलकुद समितिका संयोजक ऋषि तिवारीले जानकारी दिए ।
सुन्दरी प्रतियोगितामा सहभागी ५ वटा हात्ती मध्ये सेल्फीकली, बिजुलीकली, पुष्पाकली र एलिसाकलीलाई पछि पार्दै पुजाकलीले उपाधी माथि कब्जा जमाएकी हुन् ।
त्यसै पछि फस्ट रनर अप १७ वर्षिया पुष्पाकली र सेकेन्ड रनर अप १९ वर्षियाा बिजलीकली घोषित भईन् । उपाधी जित्ने हात्तीलाई श्रंगार्न माहुतेले धेरै मिहिनेत गरेका छन् ।
प्रतियोगितामा सहभागी हात्तीहरुले क्वाटवाकसंगै माहुतेको आदेशमा सुडले फालेको लट्ठी दिने, सुड उठाएर नमस्कार गर्ने लगायत गरेका थिए । सुन्दरी प्रतियोगिता छनौटका लागि ५ जना निर्णायक सहभागी थिए ।निर्णायकले हात्तीको श्रंगार, आंखाको गाजल, सरसफाई माहुतेको आदेश तथा अनुशासन, हात्तीको गोडा, नङ पुच्छर सफा भए नभएको हेरेर निर्णय गरेका थिए ।
प्रतियोगितामा सहभागी गराउन हात्तीहरुलाई माहुतेले ४ घंटा सम्म लगाएर श्रंगार गरेका थिए । हात्ती सुन्दरी अवलोकन गर्न आज महोत्सव स्थलमा ठुलो संख्यामा आन्तरिक तथा बाह्य पर्यटक ओईरिएका थिए । पर्यटकहरुले हात्तीहरुले गरेको क्याटवाक तथा अन्य क्रियाकलाप चाख पुर्वक अवलोकन गरेका थिए ।