कविलास वडा पूर्ण खोपयुक्त

चितवन, १४ पुस । भरतपुर महानगरपालिका वडा नं. २९ लाई एक कार्यक्रमका विच पूर्ण खोपयूक्त वडा घोषणा गरिएको छ ।
महानगरपालिकाको प्रमुख तथा कविलास स्वास्थ्य चौकीको संरक्षक समेत रहेकी रेनु दाहालले साविक कविलास गाविस समेत रहेको वडा नं. २९ लाई पूर्ण खोपयूक्त वडा घोषण गरेकी हुन् ।
सो अवसरमा बोल्दै प्रमुख दाहालले बालबालिका तथा मातृ शिशु सुरक्षा कार्यक्रम प्रभावकारी रूपमा संचालन गर्नुपर्ने जोड दिईन् ।
साथै उनले वडा न २९ ले सफलताका साथ खोप अभियान पुरा गरेकोमा कविलास स्वास्थ्य चौकीलाई धन्यबाद दिईन् ।
दाहालले पूर्ण खोप घोषणालाई अभियानको रूपमा अगाडी बढाउनुपर्ने बताउदै भरतपुर महानगरपालिका जस्तोसुकै सहयोग गर्न तयार रहेको बताईन् । उनले भरतपुर महानगरपालिका गृणस्तरीय स्वास्थ्य सेवा गर्न सक्षम रहेको भन्दै सबैको सहयोगले त्यो प्रभावकारी हुने तर्क गरिन् ।
उनले हाल महानगरको अलि बिकट जस्तो रहेको वडा न २९ को बिकासकालागी आफूलागीपर्ने बताउदै यस वडाको पहाडी भागमा बसोबास गर्ने चेपाङ्ग दलित तथा जनजाती समुदायलाई शिक्षा, स्वास्थ्य, बिकास र समृद्धीको अनुभूति हुने गरी प्रभावकारी ढंगले अगाडी बढाउने दावी थियो ।
कार्यक्रममा भरतपुर महानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख शम्भूप्रसाद ज्ञावाली, जनस्वास्थ्य निरिक्षक विजय झा, कविलास माविका प्रचार्य घनश्याम घिमिरेसहित राजनितिक दलका प्रतिनिधीहरूले बोलेका थिए ।
कार्यक्रममा कविलास स्वास्थ्य चौकीका प्रमुख भविश्वर अधिकारीले खोप अभियानको बारेमा प्रतिवेदन पेश गरेका थिए ।
गर्नुभयको थियो ।

वडा न२९ का जन्मे देखी १ बर्ष उमेर समुहका १ सय ४४ जना बालबालिका र एक बर्ष देखी २ बर्ष उमेर समुहका १ सय ४१ जना बालबालिकालाइ बि.सि.जी, डि.पि.टी, हे.प.बी, पोलियो थोपा, तथा दादुरा लगायतको खोप लगाइ २९ नं. वडालाइ खोपयूक्त वडा घोषणा गरिएको थयो ।
सो अवसरमा खोप अभियानमा सक्रियता पूर्वक सहभागी भएका आमा समुहका र महिला स्वास्थ्य स्वयम सेबिकाहरूलाई प्रमुख दाहालले सम्मान गरेकी थिईन् ।
महानगरपालिका २९ वडा अध्यक्ष मान बहादुर रानामगरको अध्यक्षतामा सम्पन्न कार्यक्रम पूर्ब खोप अभियान सम्बन्धी सचेतना र्यालीले जुगेडी बजारको परिक्रमा गरी कविलास स्वास्थ्य चौकी परिसरमा पुगी सभामा परिणत भएको थियो ।

Promise Education Consultancy