निता अधिकारीले ऐना हेर्न आग्रह गरेपछि…(भिडियो)

 

१४ पुष । निता अधिकारीको पहिलो लोक दोहोरी कोसेली ‘हेर ऐना हेर’को म्यूजिक भिडियो यूटुवमा सार्वजनिक गरिएको छ ।
गीतमा निता अधिकारी र सुमित सिंजापती मगरको स्वर रहेको छ ।
सुमित सिजांपतीको लय शब्दमा रहेको यस गीतको म्यूजिक भिडियोमा सुमित, सुमिक्षा, राजु र सपनाको अभिनय रहेको छ ।
यस म्यूजिक भिडियोलाई राज राईले निर्देशन गरेका हुन् ।


गोरखा मिरकोटमा जन्मिएकी निता अधिकारी लाईभ दोहोरीमा पनि पोख्त छिन् ।हेर ऐना पछि उनको व्यस्तता पनि बढ्न थालेको छ ।

अहिले पञ्चेवाजाको गीत रेकर्डिङ भईरहेको छ भने त्यसपछि अर्को गीतको तयारी भईरहेको गायिका अधिकारीले बताइन् ।

(भिडियो)

 

Promise Education Consultancy