चिन र भारतबीच तनाव बढ्यो , चिनले दियो यस्तो चेतावनी

बेइजिङ, १४ पुस । चीनले सीमा क्षेत्रमा उत्तेजित गतिविधि नगर्न तथा आफ्ना सैनिकलाई नियन्त्रणमा राख्न भारतलाई चेतावनी दिएको छ ।लामो समय डोकलाममा चीन र भारतका सेनाबीच द्वन्द्व चलेको स्मरण गर्दै चीनले आगामी दिनमा त्यस प्रकारका गतिविधि नदोहोर्‍याउन भारतलाई चेतावनी दिएको हो ।

चीनका रक्षा प्रवक्ता कर्णेल रेन गुआछियाङ्गले सन् २०१७ मा चीनले केही गम्भीर समस्यालाई सुझबुझपूर्ण ढंगले समाधान गरेको उल्लेख गर्दै तीमध्ये डोकलाम विवाद पनि एक रहेको बताए ।

उनले दक्षिण चीन सागरमा चिनियाँ हितको रक्षामा पनि उल्लेखनीय भूमिका निर्वाह गरिएको बताए ।

चिनियाँ रक्षा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनलाई सोधिएको थियो– चीनको सेना सन् २०१८ मा भारतीय सेनासँग आफ्नो सम्बन्ध कसरी अघि बढाउँछ रु

जवाफमा उनले भने, ‘भारतीय पक्ष सीमा मुद्दाबारे दुई पक्षबीच भएको प्रासंगिक सम्झौताअनुसार नै अघि बढ्छ भन्ने हामीले आशा गरेका छौं, आफ्नो सीमामा सुरक्षाकर्मीलाई नियन्त्रणमा राख्नेछ र चीन–भारत सैन्य सम्बन्धलाई सकारात्मक विकासका लागि प्रयोग गर्नेछ ।’

उनले विगतका घटनाबाट भारतले पाठ सिक्नुपर्ने प्रष्ट पारे ।

Promise Education Consultancy