यी समयमा महिलाहरु बढि सेक्स गर्न चाहन्छन्

सेक्सका विषयमा अनौठो तथ्य पत्ता लागेको छ । नयाँ सर्वेले शनिवार साँझ ७ बजेर ३७ मिनेटमा अधिकाँश जोडी ओच्छ्यानमा ब्यस्त हुने देखाएको छ ।
सेक्सबारेका तथ्य प्रकाशित गरिरहने वेबसाइट लभहनी डटकमका अनुसार शनिबारको साँझ अधिकाँश जोडीहरुले सेक्स गर्न रुचाउने दावी गरेको हो ।
उक्त साइटले सोधेका जोडीमध्ये ४४ प्रतिशतले शनिबार साँझमा सेक्स गर्न मन पराउने बताएका थिए भने २४ प्रतिशतले आइतबार र २२ प्रतिशतले शुक्रबार सेक्स गर्न मन पराउने बताएका थिए ।
यद्धपी यसो हुनुको मुख्यकारण समयको अनुकुलता नै रहेको उक्त साइटको भनाई छ ।

खासगरी हामीलाई सेक्स गर्ने चाहाना र समयको अनुकुलताबीचको समन्जस्यता मिलाउँदा यि दिनहरु सबैको रोजाइमा पर्ने गरेको पनि शोधकर्ताहरुको भनाइ छ ।

शोधले शनिबार साँझ ४स्३३ मा अधिकाँश जोडीलाई सेक्सको इच्छा लाग्ने गरेको पनि देखाएको छ । तर त्यसको ३ घण्टा पछिमात्र उनीहरुमा सेक्सको समय मिल्ने गरेको जोडीहरुले बताएका छन् ।

त्यसैगरी एक चौथाइ मानिसलाई विहानमा पनि सेक्सको चाहाना हुने भएपनि त्यसमध्ये १० प्रतिशतले मात्र विहानमा सेक्स गर्छन् ।

कतिपय जोडीले आफू ब्यस्त हुने कारण सेक्सका लागि समय तालिका नै बनाउने गरेको समेत खुलासा गरेका छन् ।

Promise Education Consultancy