यसकारण आउदैँछिन् कट्रिना कैफ नेपाल

१३ पुष । बलिउडकी चर्चित अभिनेत्री कट्रिना कैफ नेपाल आउने भएकी छिन ।उनी एक्लै नेपाल आउन लागेकी भने होइनन् । अाेडीसि इन्टरटेनमेन्टले फागुन २६ गते टुडिखेलमा आयोजना गर्न  लागेको ‘दबंग : द सलमान खान लाइभ इन नेपाल’ का लागि काठमाडौँ आउन लागेकी हुन ।

पछिल्लो समय सलमानसँग नजिक रहेकी र सलमानसँग अभिनित फिल्म  ‘टाइगर जिन्दा है’ मा देखिएकि उनीले ‘दबंग टुर’ ज्वाइन गरेपछि आउने पक्का भएको हो । भारतीय मिडियाका अनुसार अमेरिका र क्यानाडामा कट्रिना जाने पक्का भईसकेको र  कोलकत्ता , दुबई , नेपाल , साउथ अफ्रीकामा पनि सलमानसँगै कट्रिना आउने बताईएको छ ।

सलमानले अब कट्रीनासँग ‘स्वाग से स्वागत’मा कम्मर समेत मर्काउनेछन् । टुरमा प्रभुदेवा, डेजी शाह , ज्याक्लिन फर्नान्डिज, सोनाक्षी सिन्हा लगायत पनि रहने छन् ।

Promise Education Consultancy