मेलमिलाप मुद्दामा चितवन अघि

आशिष उप्रेती
चितवन,१३ पुष । नेपालभरीका अदालतहरु मध्ये मेलमिलाप हुन सफल मुद्धाको संख्यामा चितवन जिल्ला अदालत अगाडि रहेको छ । जिल्ला अदालत चितवनले आज भरतपुरमा गरेको अन्तरक्रिया कार्यक्रममा यस्तो बताईएको हो ।

जिल्लामा साउन महिना देखि मंंसिर महिना सम्मको मेलमिलाप सम्बन्धि कुल मुद्धाको संख्या २ सय २ रहेको र जसमा मेलमिलाप हुन सफल मुद्धाको संख्या ४७ रहेको जिल्ला अदालत चितवनका रजिष्टार गेहेन्द्रराज पन्तले बताउनुभयो । उहाका अनुशार मेलमिलाप केन्द्रमा चालु रहेको मुद्धाको संख्या ६८, २०७४ साल साउनमा लगत सरि आएको मुद्धाको संख्या ३९, अघिल्लो महिना सम्म मेलमिलाप केन्द्रमा पठाईएको कुल मुद्धाको संख्या १ सय ५९ र मंसिर महिनामा मेलमिलापमा पठाईएको मुद्धाको संख्या ४३ रहेको छ । ५ महिनामा जरिवाना तर्फ लगत १३ करोड ४९ लाख ८७ हजार ९ सय १० रहेको छ भने फर्छौट २६ लाख १४ हजार ८ सय ५० र बाकी १३ करोड २३ लाख ७३ हजार ५९ रहेको छ । त्यस्तै कैद १ वर्ष १ महिना १६ दिनको लागि ८ लाख १६ हजार १ सय १५ जरिवाना विशेष अभियानबाट असुली गरीएको पन्तले बताउनुभयो ।
उहाले हालसम्म जम्मा मुद्धाको संख्या १ हजार ९ सय ६९ रहेको, जसमा जिम्मेवारी सरेको मुद्धाको संख्या ९ सय १५ र नया दर्ता मुद्धाको संख्या १ हजार ५४ रहेको बताउनुभयो । जिल्ला अदालत चितवनका रजिष्टार गेहेन्द्रराज पन्तका अनुसार फछर्यौट भएको मुद्धाको संख्या ५ सय ९७ र बाकी मुद्धाको संख्या १ हजार ३ सय ७२ रहेको छ । बाकी रहेको मुद्धाको संख्यामा २ बर्ष नाघेको मुद्धा ३ थान रहेको छ । जसमा फुजेल हत्याकाण्ड र गैडा मुद्धा रहेको छ । १८ महिना नाघेको मुद्धा ४९ थान, १ बर्ष नाघेको मुद्धा १ सय २० थान , ६ महिना नाघेको मुद्धा ३ सय ८७ थान र ६ महिना भित्रको मुद्धा ८ सय १३ थान रहेको पन्तले बताउनुभयो । जिल्लामा हालसम्म सरकारवादी फौजदारी मुद्धाको लगत २ सय ४७ रहेको छ भने फौजदारी मुद्धाको फछ्र्यौट ४२ र सरकारवादि मुद्धाको बाकी संख्या २ सय ५ रहेको छ । उहाले २०७४ साल मंसिर सम्म जिल्ला अदालत चितवनको फछर्यौट लक्ष्य ६ सय ५८ रहेकोमा फछर्यौट प्रगति भने ५ सय ५० मात्र रहेको आज अन्तरक्रिया कार्यक्रममा बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा जिल्ला न्यायधिस चितवनका कुल प्रसाद शर्मा, अदालतका कार्यरत कर्मचारीहरु र बिभिन्न मिडियाका पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो ।