महानगरमा खानेपानीको अभाव हुन दिन्न : मेयर दाहाल (भिडियो)

चितवन,१३ पुष । महानगरमा खानेपानीको समस्या हुन नदिने भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाललेप्रतिवद्धता जनाएकी छिन् ।
आज धनगढा खानेपानी सह लगानी आयोजनाको ओभर हेड ट्यांक र अन्डर ग्राउण्ड ट्यांक शिलान्यास कार्यक्रममा बोल्दै मेयर दाहालले महानगरको पहाडी भेग देखि बजार सम्म खानेपानीको समस्या हुन नदिने बताएकी हुन् ।

मेयर दाहालले आज अण्डर ग्राउण्ड गिजबाट ८० घनमिटरको ट्यांकी उद्घाटन गरिएको हो । उनले खानेपानीको समस्या मुत्त बनाउने उदेश्यका साथ खानेपानी सम्बन्धि आयोजनाका लागि नगर परिषदमा पनि प्राथमिकताका साथ बजेट छुट्याइने समेत उनले बताएकी छिन् । खानेपानीका लागि पाइप लाइन विछाउने काम ४० किलोमिटर सम्म सकि सकेको समेत दाहालले जानकारी दिइन् । ७५ सालको मंसिर महिना सम्ममा डिप बोरिङ र अपरेटर भवन बनाइ सकिने लक्ष्य राखेको उनले बताइन् । धनगढा खानेपानी उपभोत्ता समितीका अध्यक्ष मदन कृष्ण घिमिरेले आयोजना पुरा गर्नका लागि एकताबद्ध भई धैर्य धारण गर्न आवश्यक रहेको बताए । उनले योजनाहरु समयमै पुरा हुने आशा समेत व्यत्त गरे । कार्यक्रममा भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाह,महानगरपालिकाका कार्यकारीणी अधिकृत प्रेम राज जोशी लगायतको उपस्थिती रहेको थियो ।

Promise Education Consultancy