बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस

बैतडी, १३ पुस  ।  बैतडी र दार्चुलामा आज अपराह्न भूकम्पको धक्का महसुस गरिएको छ ।भूकम्प मापन केन्द्र सुर्खेतका कार्यालय प्रमुख रत्नमणि गुप्ताका अनुसार १‍.३० मिनेटमा बैतडी र दार्चुलाको सीमा क्षेत्र गोकुलेश्वरवाट ३० किमी उत्तर केन्द्रविन्दु भएर ४ दशमलव ५ रिक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का महसुस गरिए पनि कुनै क्षति भने नभएको प्रहरीले जनाएको छ ।