भष्ट्राचारको आरोपमा यातायातका उपसचिव र शाखा अधिकृत पक्राउ

काठमाडौं,१३ पुष । भष्ट्राचारको आरोपमा यातायात व्यवस्था कार्यालय सुकेधाराका उपचसविव र शाखा अधिकृत पक्राउ परेका छन्।

विदेशी लाइसेन्स नेपालीकरणको नाममा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार सुकेधारा कार्यालयका प्रमुख सुन्दर भट्टराई र अधिकृत यमलाल ढकाललाई पक्राउ गरेको हो।

उनिहरुलाई यस अघिनै जिम्मेवारीमुक्त गरिए पनि बिहीबार सुकेधारास्थित कार्यालयमै भेटिएको अख्तियारका एक अधिकारीले बताए।

यातायात कार्यालय सुकेधाराबाट ८ महिनामा २६ सय लाइसेन्स नेपालीकरण भएका थिए। करिब १० करोड रुपैयाँ घुस लेनदेन भएको विभागकै आन्तरीक छानबिनमा खुलिसकेको छ।
नक्कली कागजपत्रका आधारमा लाइसेन्स नेपालीकरण गरिएको थियो।

Promise Education Consultancy