रक्सी किन्ने विषयमा विवाद हुँदा छुरा प्रहारबाट एक भारतीयको मृत्यु

काठमाडौं, १३ पुस। काठमाडोँमा खुकुरी प्रहारबाट एक जना भारतीय नागकिको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–९ पिङ्गलास्थान पशुपतिभिजनस्थित होटल आम्दाबालममा बसेका भारत सिलिगुडी घर भएका ३५ वर्षीय आदित्य गुरुङको धारिलो हतियार चक्कु प्रहारबाट मृत्यु हो।

गुरुङलाई गएराति सोही होटलका कर्मचारी काठमाडौं महानगरपालिका–६ बौद्ध रामहिटी बस्ने २९ वर्षीय डोनी शेर्पाले रक्सी किन्ने बिषयमा झगडा हुँदा चक्कु प्रहार गरेका थिए । चक्कु प्रहारबाट गम्भीर घाइते भएका गुरुङलाई उपचारको लागि काठमाडौं मेडिकल कलेज अस्पताल सिनामंगल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।

चक्कु प्रहार गर्ने डोनीलाई पक्राउ गरि आवस्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Promise Education Consultancy