कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोली (शुक्रबार)बस्ने

काठमाडौँ, १३ पुष । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवाले निर्वाचनको परिणाम र वर्तमान राजनिति अवस्था बारे छलफल गर्न केन्द्रिय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। बैठक भोली (शुक्रबार) बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।

बैठकमा निर्वाचनको समीक्षासँगै झण्डै दुई महिनाअघि राष्ट्रपति कार्यालय पठाइएको राष्ट्रियसभा गठन अध्यादेशबारे छलफल हुने बताइएको छ । पार्टीले निर्वाचनमा नराम्रो पराजय भोगेपछि आलोचित भइरहेका सभापति देउवाले कार्यसम्पादन समितिको बैठकपछि केन्द्रीय समितिको बैठक बोलाउने तयारी गरेका छन् । कार्यसम्पादनमा नेताहरुको कुरा सुनेपछि त्यसका आधारमा थप रणनीति बनाउँदै केन्द्रीय समितिको बैठक बोलाउने तयारी देउवाको छ ।

निर्वाचनमा अपेक्षाकृत सफलता हासिल नभएपछि कांग्रेसका कतिपय नेताहरुले नेतृत्वको आलोचना गर्दैै केन्द्रीय समितिको बैठक बोलाउन माग गरेका थिए ।

Promise Education Consultancy