सरकारले मृगौलाका विरामीलाई मासिक पाँच हजार दिने

काठमाडौं,१३ पुस । सरकारले दुवै मृगौलाले काम नगर्ने बिरामीलाई मासिक पाँच हजार रुपैयाँ दिने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले दुई मृगौलाले काम नगर्ने अशक्त बिरामीलाई मासिक पाँच हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकले पुरातत्व विभागले तोकेको मापदण्डअनुसार रानी पोखरीको पुनर्निर्माण गर्न काठमाडौं महानगरपालिकालाई निर्देशन दिने निर्णय पनि गरेको बताइएको छ ।

सरकारले यसअघि विभिन्न आठ प्रकारको रोग लागेका विरामीलाई उपचारमा एक लाख आर्थिक सहयोग उपलब्ध गराउने गरेको छ ।