प्रचण्ड एक्लैले गरे राष्ट्रपती भण्डारीसंग भेटवार्ता, आखिर किन गएनन् ओली ?

काठमाडौं, १३ पुस  । पूर्वप्रधानमन्त्री एंव नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र राष्ट्रपति बिद्यादेवि भण्डारीबीच वार्ता भएको छ ।शितल निवासमा भएको भेटमा नयाँ सरकार गठनको बिषयमा कुराकानी भएको स्रोतले जनाएको छ ।

भेटमा राष्ट्रियसभा गठन लगायतका बिषयमा पनि छलफल भएको छ ।राष्ट्रियसभा गठन सम्वन्धी अध्यादेश दुई महिनादेखि रोकेको भन्दै आलोचना खेप्दै आएकी राष्ट्रपतिले राजनीतिक दलका शीर्ष नेताहरुसँग परामर्श गर्दै आएकी छन् ।त्यसैको निरन्तरतास्वरुप प्रचण्डसँग फेरि पनि परामर्श गरेको बताइएको छ ।

राष्ट्रपति भण्डारीलाई छिटो अध्यादेश स्वीकृत गर्न सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले दबाव दिँदै आएको छ । अध्यादेशमा एकल संक्रमणीय मत प्रणालीको व्यवस्था राखिएको भन्दै सबैभन्दा एमालेले विरोध गर्दै आएको छ ।

आजको राष्ट्रपतिसँगको भेटमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि सहभागी हुने भनिएकोमा उनी उपस्थित नभएका जनार्इएको छ ।

Promise Education Consultancy