मुकुन्दसेन पार्क देवघाटकै महत्वपूर्ण पर्यटकीय क्षेत्रको रुपमा विकास हुदै

देवघाट १३ पुस । देवघाट क्षेत्र बिकास समिति मातहतमा रहेको मणि मुकुन्दसेन पार्क देवघाटकै महत्व पूर्ण पर्यटकिय क्षेत्रको रुपमा विकास हुदै गएको छ ।
धार्मीक पर्यटकका लागी देवघाट क्षेत्र आफैमा महत्वपूर्ण स्थान भएपनि देवघाट जाने पर्यटकहरुको रोजाईमा पर्ने त्यहाका धेरे स्थान मध्ये मणि मुकुन्दसेन पार्क पनि पर्ने गरेको देवघाट क्षेत्र विकास समितिका पदाधीकारीहरु बताउछन् ।
समस्त हिन्दू धर्मावलम्वीहरूको पवित्रस्थल देवघाटधाम हिन्दूहरुको महत्वपूर्ण तीर्थस्थलका प्रयागहरु मध्ये आदिप्रयाग भएको विद्वानहरु बताउछन् ।
देवघाटको धार्मीक रुपमा निकै ठुलो महिमा रहदा रहदै पनि पर्यटकले देवघाटमा पुगेर मनोरन्जन लिर्ने र दिनभरी समय बिताएर फकर्ने उचित स्थान नहुदा चिन्तित बनेका पर्यटकका लागी मणि मुकुन्दशेन पार्क प्रमुख केन्द्र बनेको हो ।
यो पार्कमा विदाको दिन दैनिक २ सय भन्दा बढि पर्यटकहरु घुम्न जार्ने गरेको र पार्कलाई क्षमेत्रबिकास समितिले नमुना स्थानको रुपमा विकास गर्दै लगेको क्षेत्र विकास समितका अधयक्ष टंकनाथ पौडेलले बताए ।
मणि मुकुन्दशेन पार्क टिर्नेजर्स किशोरकिशोरी तथा र्भखरै माया प्रेममा समाहित भएका युवा युवतिका लागी पनि प्रमुख रोजाईको कन्द्र बन्दै गएको छ ।
शान्त बातावरण कुनै खाले हल्ला र कोलाहालले असर नगर्ने सुरक्षित र मनमोहक बातावरण भएका कारण पार्क धेरैको रोजाइमा पर्ने गरेको पार्कमा धुम्न आएका किसोर किशोरी हरु बताउछन् ।
पार्कमा बिदाको दिन किशोर किशोरी घुम्न पुग्नका साथै परिवारीक जमघट समेत हुने गरेको छ ।
यहा विभिन्न दर्जन बढि जातका धार्मीक बिरुवाहरु रहेका छन् भने कैलाश प्रर्वत निमार्ण गरि शिव महादेवको आक्रषक शालिक निमार्ण गरएिको छ । त्यस्तै बस्नका लागी उचित स्थान का सार्थ काठको गोलघर बशिष्ठ ऋषीको शालिक रहेको छ भने त्यसैको परिसरमा पन्च देवलका प्राचीन भग्नावशेष मणिमुकुन्दसेनद्वारा निर्मित मन्दिरहरू र चक्रवर्त्ितशीला लगाएत रहेका छन् ।


त्यही बाटै गलेश्वर ब्रह्मचारिद्वरा स्थापित आश्रम र वेदवेदांग विद्यालय महेश आश्रम, हरिहर आश्रम नवलपरासीतर्फ मौलाकालिका मन्दिर काली नदी र आसपासका आक्रषक मनमोहक दृश्यहरु देखिने हुदा पार्क को आनन्द अनुभव गर्न भरतपुर देखी देवघाट आएको भरतपुरकी निशां कंडेलले बताईन् ।
कलेज बिदाको समय पारि ३ जना साथि मिली मणिमुकुन्दशेन पार्कमा धुम्न आएको उहाको भनाई छ । चितवनमा अन्य पार्कहरु भन्दा देबघाटको पार्कमा घुम्दा शारिरिक तथा मानसिक रुपमा पनि आननदको अनुभुति हुने गरेकाले आफुहरु बिदाको समय पारि देवघाट आउने गरेको उहाको भनाई छ ।
पछिल्लो समय देवघाटका यो पार्क सहित यहाँक अन्य धेरै यसता धार्मीक केन्द्रहरुमा किशोर किशोरीहरुको भिड हुने गरेको छ ।
अहिले देवघाटमा जीवनको अन्त्यतिर धर्म प्राप्तीका लागि जाने भन्दा पनि जिवनको सुरुवाती खण्डमा प्राकृतिक घटामा रमाउन चाहाने र त्यहाबाट धामीृक आनन्द लिन चाहाने भत्तजनहरुको संख्या अधिक हुनेगरको बताईन्छ ।
नारायणी र काली गण्डकी नदीहरूको मनोरम प्रकृतीक जलधारा र सफा कन्चन जल र यहाका धार्मीक आस्थाका केन्द्रहरु पर्यटक का आकर्षण हुन । विश्वमा पर्यटनको सुरुवात धार्मिक पर्यटनबाट भएको मानिन्छ ।
तीर्थाटनका क्रममा तीर्थालुहरू घुम्दै तीर्थस्थलमा पुग्ने क्रमबाट पर्यटन सुरु भएको बिज्ञहरु बताउछन् । पर्यटन अर्थात् मन बहलाउन विभिन्न ठाउँ घुम्ने काम मान्छेले मात्र होइन, पौराणिक कालमा देवताबाट समेत हुने गरेको किम्वदन्ती धार्मीक ग्रन्थहरुमा पाईन्छ ।
हिन्दूहरूको पवित्र तीर्थस्थलमध्ये विशेष महत्व बोकेको देवघाट धाममा बर्षेनी करिब १० लाख बढि तीर्थालु हरु आउने गरेको क्षेत्र बिकास समितिको रेकडमा उल्यख छ ।
पौराणिक कालमा देवताहरूसमेत भ्रमण गर्न आउने थलो भएकोले देवघाट नाम रहन गएको किम्वदन्ती छ । देवघाटको पुरानो नाम देवाटन भएको र पछि अपभ्रम्स भई देवघाट भएको बताईन्छ ।
देवताहरूले भ्रमण गर्ने भएकोले देवघाटलाई पहिले देवाटन भन्ने गरिएको र देवघाटको महत्व स्कन्द पुराणको हिमवत् खण्डअन्तर्गत गण्डकी महात्म्यमा उल्लेख गरिएको पुर्व संसद सुश्री मैयादेबी श्रेष्ठ बताईन् ।
अन्य पुराणहरूमा पनि देवघाट धामको वर्णन भेटिने गरेको उहाको भनाई छ । देवघाटले धार्मिक, ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र पर्यटकीय महत्व बोकेको छ । कालीगण्डकी र त्रिशूली नदीको संगमस्थल देवघाट तनहुँ जिल्लामा पर्छ । सिंगो देवघाट क्षेत्रमा भने चितवन र नवलपरासी जिल्लाका केही भूभाग पनि पर्छन ।
धार्मिक पर्यटन विकासका लागि देवघाटमा खाने र बस्ने सुविधाको अभाव रहेको भत्तंजनहरुले बताउछन् । त्यहाँ आवासका लागि सुविधासम्पन्न धर्मशाला बनाउनुपर्ने सुझाव कास्कि देखी देवघाट आउनु भएका अमित बोहोराको छ ।
देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले देवघाट हिन्दूहरूको आस्थाको केन्द्र भएकाले यहाँ धार्मिक पर्यटक नै आउने गरेको बताउनु हुन्छ । धार्मिक पर्यटकको सुविधाका लागि बाटोमा ढुंगा बिछ्याउने र रेलिङ लगाउने, बाटो फराकिलो बनाउने र कल्पबास ब्यवस्थि तगर्ने काम समेत भईरहेको छ ।
पर्यटकको बढ्दो चापलाई ध्यान दिएर प्रमुख चाडपर्व र मेलामा सुरक्षा दिने, मेलापर्व व्यवस्थित गर्ने काममा समिति सक्रिय रहेको पौडेल बताउनु हुन्छ ।
हिन्दूहरूको श्रद्धा, भक्ति र आस्थाको केन्द्र देवघाट धाममा रहेका मठ, मन्दिर, आश्रम, पार्क, गुरुकुल, पाटीपौवा, कुटी, वृद्धा श्रम, कीर्तनघर, यज्ञशाला, गुफा र प्राकृतिक सौन्दर्य धार्मिक पर्यटनका पूर्वाधार भएको र त्यसलाई ब्यवस्थित बनाउने काममा आफु लागेको उहाको भनाई छ ।
मुक्तिनाथबाट सुरु हुने कालीगण्डकी नदी र गोसाइँकुण्डबाट सुरु हुने त्रिशूली नदी देवघाटको बेणीमा संगम भई नारायणी नदी सुरु हुने भएकाले देवघाटलाई हरिहर क्षेत्र पनि भनिन्छ ।
किम्वदन्तीअनुसार सृष्टिकर्ता ब्रह्माले पहिलो यज्ञ (याग) देवघाटमा गरेकोले यसलाई प्रयाग वा आदिप्रयागका नामले समेत चिनिने चैतन्य कृष्णजी बताउनु हुन्छ ।
यसैबिच माघे संक्रान्ति मेलाको तयारीका लागी देवघाट क्षेत्र विकास समितका अध्यक्ष टंकनाथ पौडेलको अध्यक्षतामा १ सय ५१ सदस्य मुल समिति र २० वटा अन्य उपसमितिहरु गठन भएको छ ।
देवघाट क्षेत्रबिकास समिति परिसरमा बसेको बृहत भेलाले मेलालाई बिगतका भन्दा व्यवस्थित र प्रभावकारी बनाउन सबै समयन्त्रहरु प्रभावकारी तवरले लाग्नु पर्ने निश्कर्श सकित मुल समिति र उपसमिती गठन भएको हो ।

Promise Education Consultancy