ओली र प्रचण्डले किन भेटे आज एकाबिहानै राष्ट्रपती भण्डारीलाई ?

काठमाडौं, १३ पुष । नेकपा एमालेका अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र राष्ट्रपति बिद्यादेवि भण्डारीबीच वार्ता सुरु भएको छ ।

शितल निवासमा जारी भेटमा नयाँ सरकार गठनको बिषयमा कुराकानी भैररहेको स्रोतले बतायो ।भेटमा राष्ट्रियसभा गठन लगायतका बिषयमा पनि छलफल हुनेछ ।

ओली(प्रचण्डले नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधनमन्त्री शेरबहादुर देउवाकै कारण नयाँ सरकार गठनलगायत प्रक्रिया अड्किएको भन्दै मार्गप्रशस्तका लागि विलम्ब नगर्न ध्यानाकर्षण गर्दै आएका छन् ।

राष्ट्रियसभा गठन सम्वन्धी अध्यादेश दुई महिनादेखि रोकेको भन्दै आलोचना खेप्दै आएकी राष्ट्रपतिले राजनीतिक दलका शीर्ष नेताहरुसँग परामर्श गर्दै आएकी छन् । त्यसैको निरन्तरतास्वरुप प्रचण्डसँग फेरि पनि परामर्श गरेको बताइएको छ ।

राष्ट्रपति भण्डारीलाई छिटो अध्यादेश स्वीकृत गर्न सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले दबाव दिँदै आएको छ । अध्यादेशमा एकल संक्रमणीय मत प्रणालीको व्यवस्था राखिएको भन्दै सबैभन्दा ठूलो दल एमालेले विरोध गर्दै आएको छ ।

 

Promise Education Consultancy