आज हात्तीलाई सफारीमा नपठाई सामूहिक रूपमा भोजन गराउदैँ

चितवन, १३ पुष । पर्यटीकय नगरी चितवनको सौराहामा जारी १४ औं चितवन हात्ती महोत्सव अन्तर्गत आज हात्तीहरुको बनभोज आयोजना हुदैछ ।  आज सय वटा हात्तीलाई सफारीमा नपठाई सामूहिक रूपमा भोजन गराउने भएको हो ।
मंगलबार र बुधबार उत्साहजनक रुपमा दर्शक सहभागिता रहेको १४ औं चितवन हात्ती महोत्सव आज (बिहिबार) महोत्सवमा सहभागी हात्तीहरुलाई बनभोज खुवाउने कार्यक्रम रहेको छ ।रत्ननगर नगरपालिकाका मेयर नारायण बन प्रमुख अतिथि रहने हात्तीहरुको बनभोज दिउँसो साढे एक बजे बाट सुरु हुने आयोजकले जनाएको छ ।
११ गते बाट सुरु भएको हात्ती महोत्सव पुष १५ सम्म चल्नेछ ।

Promise Education Consultancy