चितवनमा यसकारण बढ्दै महिला लागु औषध प्रयोगकर्ता ?

चितवन, पुस १३ । साथीहरुको संगत, कौतुहलता, तनाव तथा रमाइलोको लागि युवा अवस्थाका मानिसहरु लागु औषध दुव्र्यसनमा फस्ने गरेका सरोकारवालाहरुले बताएका छन् ।
चितवनको भरतपुरमा  आयोजना गरिएको पत्रकार सम्मेलनमा लागु औषध दुव्र्यसनको क्षेत्रमा काम गर्दै आएका व्यक्तिहरुले लागु औषध प्रयोगकर्तालाई सुधार्नका लागि माया र स्नेहको आवश्यकता रहेकोमा जोड दिए ।
विशेष गरि १४ वर्षदेखि २० वर्ष उमेरसम्मका युवायुवतीहरु लागु औषध प्रयोगमा संलग्न रहने हुनाले उनीहरुको हरेक गतिविधिप्रति अभिभावक चनाखो हुनुपर्ने एकता नेपालका अध्यक्ष शान्ता घले बताउनुहुन्छ ।
आफू पनि पूर्व लागु औषध प्रयोगकर्ता रहेकोले समाजमा दुव्र्यसनी कम गर्नको लागि महिला पुनस्र्थापना केन्द्र खोलेर काम गर्दै आएको घलेले बताउनुभयो ।
एकता नेपालले स्थापना भएको १० वर्षको अवधिमा पाँच सय ५० भन्दा बढी लागु औषध प्रयोगकर्ता महिलाहरुलाई उपचार गरेर सामान्य अवस्थामा फर्काइसकेको छ । एकता समाजले पुस १५ गते भरतपुरमा महिला लागु औषध प्रयोगकर्ता नियन्त्रणमा एकता नेपालको भूमिकाको बारेमा समेत अन्तरक्रिया गर्न लागेको छ । हाल संस्थामा १४ देखि ४२ वर्ष उमेरसम्मका १५ जना दुव्र्यसनी महिलाहरु रहेका छन् ।

Promise Education Consultancy