उवासंघका अध्यक्ष राजन भन्छन् अबको अध्यक्ष राजु ?(भिडियो)

 

 

प्रकाश सिग्देल

चितवन, १२ पुस ।  उद्योग वाणिज्य संघ चितवनमा अध्यक्षको उमेदवारका रुपमा राजु श्रेष्ठ सिफारीस हुनुभएको छ ।
बरिष्ठ उपाध्यक्षमा रहेर काम गर्नु भएका उहा व्यवसायीका विचमा लोकप्रिय रहनु भएको छ ।
संस्थागत रुपमा माईनटमा लिखित गर्ने प्रचलन नभएपनि बैठकले राजु श्रेष्ठलाई सिफारीस गरेको अध्यक्ष गौतमले बताउनुभयो ।
संस्थाको २१ औ बैठक अगाढी बरिष्ठ उपाध्यक्ष श्रेष्ठ र तृतिय उपाध्यक्ष बिष्णु कंडेलले अध्यक्षको दाबी गरेको तर २१ औ बैठक बाट तृतिय उपाध्यक्षले पनि बरिष्ठ उपाध्यक्षलाई सर्मथन गरेकाले बैठकका सबै सदस्यको सर्वसहमतिले श्रेष्ठलाई उमेदवार बनाएको गौतमको भनाई छ ।
माईनट गर्ने प्रचलन नभएको र सर्वसहमतीको आधिकारकि उमेदवार श्रेष्ठै भएको उहाको तर्क छ ।

 

क्रियासिलताको आधारमा श्रेष्ठनै सबैभन्दा सवल र प्रभावशालि उमेदवार भएको गौतम बताउनु हुन्छ ।
आफुले बरिष्ठलाई नै आधिकारीक बनाएको र यसबाट कोहि कसैले टाउको दुखाउनु पर्ने कुनै कारण नभएको भन्दै गौतमले श्रेष्ठको आवश्यकता नै वर्तमानको आवश्यकता भएको बताउनुभयो ।
यसैबिच दुई उपाध्यक्षले विज्ञप्ती जारी गर्दै सस्थाले कसैलाई पनि आधिकारिक उम्मेद्वार नवनाएको बताएका थिए । सादा पानामा प्रथम उपाध्यक्ष चुन नारायण श्रेष्ठ र दित्तिय उपाध्यक्ष सुमन श्रेष्ठले सयुक्त रुपमा विज्ञप्ती जारी गरी सघको इतिहासमा माइन्यूट गरेर अहिलेसम्म कसैलाई पनि उम्मेद्वार सिफारिस नगरेको उल्लेख गरेका थिए ।
आसन्न उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदका लागि सहनलाल प्रधान र राजु श्रेष्ठको नाम चर्चामा छ ।
दुवैले फेसवुक मार्फत आफ्नो उम्मेद्वारी घोषणा गरिसक्नु भएको छ ।
श्रेष्ठले आफु व्यवसायीको बिचमा निकै लोकप्रिय रहेकाले आफनो जीत सुनिश्चित भएको दावी गर्दै आउनु भएको छ ।

Promise Education Consultancy