सरकारी क्षेत्र भन्दा निजी क्षेत्रमा बढि अनियमितता मौलायो

 

चितवन पुस १२ । निगरानि गर्ने निकायको कार्य क्षेत्र विस्तार गर्नुपर्ने सरोकारवालाहरुले वताएका छन् । भ्रष्टाचार विरुद्धको अभियान चितवनको आयोजना र ट्रान्सपरेन्सि इन्टरनेशनल नेपालको सहकार्यमा बुधबार भरतपुरमा भएको सदाचार प्रतिबद्धता कार्यान्वयन सर्वेक्षण प्रतिवेदनको छलफल कार्यक्रममा बोल्ने सरोकारवालाहरुले निगरानि गर्ने निकायले स्थानिय तहलाइ जिम्मेवार बनाउनुपर्ने वताएका हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले सामाजिक मुल्यमा आएको विकृतिले भ्रष्टाचार थप मौलाएको वताएका छन् । सरकारी क्षेत्र भन्दा निजी क्षेत्रमा बढि अनियमितता मौलाएको उनको भनाइ छ ।

यसका लागि नियमन गर्ने निकायको कार्यक्षेत्र विस्तार गर्न आवश्यक रहेको उनले वताए । चितवनमा पछिल्लो समय सरकारी निकायहरु पनि शुसासन तर्फ उन्मुख भएको उनले विश्वास व्यक्त गरे ।

सरकारी कार्यालयबाट सुचना नपाएको भनि अहिले सम्म एक जनाले मात्रै उजुरी गरेको उनको भनाइ छ । ट्रान्सपरेन्सि इन्टरनेशनल नेपालका अध्यक्ष श्रीहरि अर्यालले भ्रष्टाचार न्युनिकरण गर्न भएका प्रयासहरु अझै पर्याप्त नभएको वताए ।

यसको नियमन गर्ने निकायले कडाका साथ कदम चाल्नुपर्ने उनको भनाइ छ । भ्रष्टाचार विरुद्धको अभियान चितवनले जारी गरेको सदाचार प्रतिबद्धता कार्यान्वयन सर्वेक्षण प्रतिवेदनमा सरकारी कार्यालयहरुमा पर्याप्त जनशक्ति नहुंदा सेवाग्राहिले समयमा सेवा लिन नपाएको उल्लेख गरिएको छ ।

अनुसन्धानकर्ता राजु थापाले प्रस्तुत गरेको सो प्रतिवेदनमा सुचना दिने अधिकारीलाइ कार्यालयको सबै सुचना प्राप्त हुने प्रविधि निर्माण गर्नुपर्ने देखिएको छ । शुसासन कायम गर्नका लागि नागरिक वडापत्र बारे सेवाग्राहिलाइ जानकारी दिन अझै पहल गरिनुपर्ने थापाले वताए ।

Promise Education Consultancy