सम्पादकीय : आर्थिक समृद्धिमा पर्यटन क्षेत्र

 

मुलुकको आर्थिक विकासको लागि पर्यटन क्षेत्रले महत्वपुर्ण स्थान ओगटेको छ । उसो त सरकारले निर्माण गरेको नीतिमा समेत आर्थिक विकासका लागि पर्यटनलाई महत्वपूर्ण क्षेत्रको रुपमा समावेश गरिएको छ । मुलुकको अर्थतन्त्रको करिब दश प्रतिशत हिस्सा पर्यटन क्षेत्रले ओगटेको छ ।

पर्यटकीय दृष्टिकोणले नेपाल धेरै सम्भावना बोकेको क्षेत्र हो । प्राकृतिक रुपमा भएका स्रोत साधानहरु र प्राचिन सम्पदालाई मात्रै प्रयोग प्रचार–प्रसार र प्रबद्र्धन गर्न सके नेपालको पर्यटनले कुल ग्राहस्थ उत्पादनको आधा हिस्सा ओगट्न सक्ने क्षमता राखेको छ ।

जैविक विविधता, प्रकृतिका अनुपम उपहार हिमश्रृंखला, नदीनाला र तलाउका साथै नेपालमा पाईने जमिन र उत्पादनको विविधता पनि नेपालको पर्यटनका आधार हुन् । तराई पहाड र हिमाली भू–भागमा जमिनको बनावटमा रहेको विविधता र यहाँका कला संस्कृति तथा पौराणिक महत्वका बस्तुहरुले अर्कोतर्फ पर्यटनको विकासलाई टेवा पु¥याईरहेका छन् ।
प्राकृति रुपमा मात्रै नभइ मानवीय विकासका कारण समेत नेपालमा पर्यटकीय क्षेत्र बढ्दै गएका छन् । पछिल्लो समय नवलपरासीको दुम्कौलीमा स्थापना गरिएको शास्वत धामले चर्चा मात्रै कमाएन नौ महिनामा १० लाख भन्दा बढी पर्यटक खिच्न सफल भयो । दक्षीण भारतीय शैलीमा निर्माण गरिएको सुन्दर मन्दिर र त्यहाँ निर्माण गरिएका अन्य भौतिक संरचनाले जो कोही व्यक्तिको मन पनि शास्वत धाममा तानिने गरेको छ ।

जसको कारण शास्वत धाम नजिकै रहेका अन्य व्यवसायीहरुको समेत आर्थिक अवस्थामा बृद्धि हुँदै गएको छ । नवलपरासीको पूर्वी भागमा निर्माण गरिएको उक्त मन्दिरमा अहिले नेपालबाट मात्रै नभइ भारत र तेस्रो मुलुकबाट समेत पर्यटकहरु आउने गरेका छन् ।

जसका कारण पर्यटन व्यवसायलाई समेत एउटा अवसर प्राप्त भएको छ भने सयौँ व्यक्तिले अप्रत्यक्ष रुपमा रोजगार समेत पाएका छन् । यसका अलावा चितवन, नवलपरासी तथा देशका विभिन्न क्षेत्रमा स्थापना गरिएका होम स्टे, चितवन राष्ट्रिय निकुञ्ज, सौराहा, पश्चिम चितवनका क्षेत्रहरु सबै पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेका छन् ।

चितवन राष्ट्रिय निकुञ्ज विश्व सम्पदा सूचिमा समेत सूचिकृत छ ।
समय बदलिएको छ । भएका संरचनालाई समायानुकुल परिवर्तन गर्ने र पुराना संरचनाको लागि नयाँ संरचनाको निर्माण गर्ने काम नगर्ने हो भने पर्यटनको क्षेत्रमा विकास सम्भव नभएको प्रमाणित यस्ता घटनाले गरेका छन् ।

पर्याप्त प्रचार–प्रसार र आन्तरीक तथा बाह्रय पर्यटकलाई भित्राउनका लागि प्रकृतिका अनुपम उपहारमा केही कृतिम संरचना निर्माण गर्दा पर्यटनको क्षेत्रमा फड्को मार्न मद्दत गदर्छ । लगानी गरेर पनि त्यसको प्रबद्र्धन गर्न नसक्नाले धेरै सम्भावना लुकेर बसेका छन् । संभावनालाई बाहिर ल्याउन थोरै लगानी र थोरै मेहेनत गर्ने होभने धरै प्रतिफल दिने क्षेत्र पर्यटन हो भनेर सबैले बुझ्नु जरुरी छ ।

 

Promise Education Consultancy