भोली सौराहा जाऔँ, हात्ती पिक्निकमा रमाऔँ

चितवन, १२ पुष । पर्यटीकय नगरी चितवनको सौराहामा जारी १४ औं चितवन हात्ती महोत्सव अन्तर्गत बिहिबार हात्तीहरुको बनभोज आयोजना हुदैछ ।
मंगलबार र बुधबार उत्साहजनक रुपमा दर्शक सहभागिता रहेको १४ औं चितवन हात्ती महोत्सव बिहिबार महोत्सवमा सहभागी हात्तीहरुलाई बनभोज खुवाउने कार्यक्रम रहेको छ ।रत्ननगर नगरपालिकाका मेयर नारायण बन प्रमुख अतिथि रहने हात्तीहरुको बनभोज दिउसो साढे एक बजे बाट सुरु हुने आयोजकले जनाएको छ । बनभोजमा १ सय भन्दा बढि हात्तीहरुको सहभागी रहनेछ ।
११ गते बाट सुरु भएको हात्ती महोत्सव पुष १५ सम्म चल्नेछ ।