उद्योग वाणिज्य संघ चितवनको आधिकारीक उम्मेद्वार घोषणामा विवाद

चितवन, १२ पुष । उद्योग वाणिज्य संघ चितवनमा विवाद चुलिएको छ। २९ र ३० गते हुन गईरहेको आसन्न उद्योग वाणिज्य संघको निर्वाचनमा उद्योग वाणिज्यसंघमा कसलाई आधिकारीक उम्मेद्वार बनाउने भन्ने विषयमा विवाद चुलिएको हो ।
उद्योग वाणिज्य संघको निर्वाचनमा संघका अध्यक्ष राजन गौतम लगायतले राजु श्रेष्ठलाई संघले आधिकारिक उम्मेदवार घोषणा गरेपछि बिवाद देखिएको छ ।
श्रेष्ठलाई उम्मेद्वार घोषणा गरेसंगै दुई उपाध्यक्षले गम्भिर ध्यानार्कषण भएको बताएका छन् । आज बुधवार एक विज्ञप्ती जारी गर्दै प्रथम उपाध्यक्ष चुन नारायण श्रेष्ठ र द्धित्तिय उपाध्यक्ष सुमन श्रेष्ठले संघको माइन्यूटमा अहिलेसम्म कसैलाई पनि लेखेर उम्मेद्वार सिफारिस नगरेको बताएका छन्।
संघका सम्पुर्ण सदस्यहरुलाई भ्रममा नपर्न समेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।