एमाले मओवादी एकता बारे माधव नेपालले यसो भनेपछि…..

काठमाडौं, १२ पुष । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाले र माओवादी केन्दबीच छिट्टै पार्टी एकता हुने बताएका छन् ।

काठमाडौंबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसदहरुको सम्मानमा बुधबार आयोजित एक कार्यक्रममा उनले सरकार गठन र माओवादी केन्द्रसँगको पार्टी एकतासँगसँगै अघि बढने बताए । दुवै दलका शीर्ष नेताहरुबीच छलफल भइरहेको भन्दै उनले छिट्टै पार्टीको वैचारिक र संगठनात्मक संरचनाको विषय टुंगो लगाइने र एकताको घोषण गरिने बताए । नेता नेपालले सरकार गठन र पद बाँडफाँका विषयमा वाम गठबन्धनभित्र कुनै विवाद नरहेको दावी समेत गरे।

प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ सरकार निर्माणमा अवरोध गरिरहेको भन्दै उनले तत्काल पदबाट राजिनामा दिएर नयाँ सरकार निर्माणका लागि मार्ग प्रशस्त गर्न आग्रह गरे।

Promise Education Consultancy