बुधबार सुनको भाउ बढ्यो

पुष १२  । बुधबार सुनको भाउ बढेको छ । छापावाल सुन तोलामा ५५ हजार ३०० मा कारोबार भइरहेको छ ।
मंगलबार ५५ हजार मा कारोबार भइरहेको सुन आज रु ३०० ले बढेको हो । नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य पनि ३ सय बढेर ५५ हजार पुगेको छ ।

हिजो तेजावी सुनको मुल्य ५४ हजार ७ सय रहेको थियो । यस्तै आज चादी तोलामा ७ सय ३५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।