म्याजिक भ्यानमा आगजनी

चितवन, १२ पुष । मध्यरातमा भरतपुर–३ नारायणगढ कमलनगरमा एउटा म्याजिक भ्यान जलाइएको छ । ना १ ज ४९६० नम्बरको भ्यान कसले र किन जलाएको हो भन्ने पत्ता लाग्न सकेको छैन ।
मंगलबार राति १ः३० बजेको समयमा पार्किङमा राखिएको भ्यानमा आगजनी भएको मध्य नेपाल यातायात व्यवसायी संघका अध्यक्ष चिनीबहादुर बोहोराले जानकारी दिए । जलेको भ्यान सोही संघमा आबद्ध भई भरतपुर नगर क्षेत्रमा चल्दै आएको थियो । जलेको भ्यान पूर्णरुपमा क्षति भएको छ ।

Promise Education Consultancy