चितवनमा विद्यार्थीहरुसंग रोबर्टको विकासबारे बहस

चितवन, १२ पुष । चितवनमा रोबर्टको बिकासबारे बहस गरिएको छ। चेन्ज नेप्लिज मिसन चितवनले मंगलबार भरतपुर–११ भोजाडको नयाँ किरण माविमा चितवनका विभिन्न विद्यालयका विज्ञान शिक्षक तथा इन्जिनियरिङ कलेजका विद्यार्थीहरुसँग रोबर्ट प्रणालीबारे अन्तक्र्रिया गरेको हो ।
‘नेपालका लागि रकेट, भूउपग्रह तथा रोवर्ट प्रणालीको अन्वेषण, विकास तथा विस्तारको महत्व’ बारे एक दिने अन्तक्र्रियात्मक कार्यक्रम मिसनले सम्पन्न गरेको हो । भरतपुर महानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष बाबुराम अधिकारीको प्रमुख अतिथि रहेको कार्यक्रममा चेन्ज नेप्लिज मिसनका अध्यक्ष प्रदीप सापकोटाको अध्यक्षता रहेको थियो ।
कार्यक्रमका अतिथिहरुमा नयाँ किरण माविका व्यवस्थापन समिति अध्यक्ष रके पाण्डे र उक्त विद्यालयका प्रधानाध्यापक रामेश्वर अधिकारी, टंक पौडेल, विदेशी पाहुनाहरु एन्थनी हल र सन्जय राठी रहेका थिए । नेपालका युवाहरु पनि अब अन्तरिक्ष अन्वेषण, रकेट तथा रोवर्ट प्रणालीको विकास तथा विस्तारमा लाग्नुपर्ने कुरामा प्रमुख अतिथि बाबुराम अधिकारीले बताए ।

Promise Education Consultancy