मिठाई बेच्न बाल मजदुर प्रयोग

विराटनगर,१२ पुष । केन्डी हवाई मिठाई व्यवसायीले बालबालिकालाई शारीरिक श्रममा प्रयोग गरेको पाइएको छ। रौतहटका व्यापारीले केन्डी बिक्रीवितरण गर्न बालबालिकालाई प्रयोग गरेका हुन्। व्यापारीले सुनसरीको इटहरीस्थित बसपार्कमा भाडाको कोठामा केन्डी बनाई बालबालिकालाई बेच्न लगाउने गरेको खुलेको छ।

१४ वर्षमुनिका बालबालिकालाई केन्डी बनाउनेदेखि बिक्री गर्न विभिन्न बजारमा बेच्न पठाउने गरेको पाइएको छ। रौतहटका विनोद भगतले १४ वर्ष नपुगेका १० जनाभन्दा बढी पढ्ने उमेरका बालबालिकालाई मासिक चार हजारदेखि ६ हजारसम्म पारि श्रमिक दिएर शीतलहरको समयमा पनि बिहानदेखि बेलुका केन्डी बिक्री गर्न पठाउँछन्।

बालबालिकालाई श्रममा लगाउन नपाउने कानुन छ। १४ वर्ष नाघेका बालबालिकालाई जोखिम नपर्ने गरी सरकारले तोकेको पारि श्रमिक दिएर मात्र काम लगाउन सकिने प्रावधान छ। तर, मिठाई बेच्ने काममा विराटनगर, काँकडभिट्टा, धरान, कोसी ब्यारेजलगायत ग्रामीण भेगमा बालबालिका नै खटिने गरेका छन्।आजको अन्नपूर्णपोष्टमा खबर छ।