ढक काँटामा किसान ठगिएको गुनासोपछि पोल्ट्री व्यवसायी र किसान संघको बैठकले ग-यो यस्तो निर्णय

चितवन, ११ पुष । चितवनमा ब्रोईलर कुखुरापालक किसानहरुलाई ढक काँटामा ठग्ने गरेको व्यपाक गुनासो आएपछि पोल्ट्री सम्बन्धित व्यवसायी र किसान संघबीच बैठक बसेको छ ।
बैठकले चितवनमा ब्रोईलर कुखुराको बर्तमान बजारअवस्था र कुखुराको ढक काँटाको विषयमा विभिन्न महत्वपुर्ण निणर्यहरु गरेका छन् ।
चितवनमा ब्रोईलर कुखुरा पाल्ने किसानहरुले सप्लायर्सले ढक काँटामा ठगी गरेको भन्दै बेला बेला आम्दोलनमा उत्रने गरेकोले यस्ता समस्याहरु उपर सरोकारवाला निकायहरु किसान, सप्लायर्स र दाना डिलरका प्रतिनिधिबीच गंम्भिर छलफल गरि दिर्घकालीन समस्या समाधानका लागि विभिन्न निणर्यहरु गरिएको चितवन नवलपुर दाना वितरक संघका अध्यक्ष तेज नारायण पाण्डेले बताए ।
चितवन नवलपुर दाना वितरक संघको आयोजनामा भएको कार्यक्रममा पोल्ट्रीसंग सम्बन्धित व्यवसायी संघहरुको सहकार्यका सो कार्यक्रम भएको हो ।
नेपाल कुखुरा बजार व्यवस्थापन संघका केन्द्रीय अध्यक्ष श्री कृष्णहरी लोहनीले किसान र सप्लायर्सहरुबीच समधुर सम्बन्ध हुनु पर्नेमा जोड दिदै किसानहरुले ढक काटाको व्यवस्था गर्नुपर्नेमा जोड दिनु भयोे ।
नेपाल पोल्ट्री सप्लायर्स कल्याणकारी संघका केन्द्रीय अध्यक्ष श्री जयकृष्ण सापकोटाले सप्लायर्सहरुलाई ढक काँटाका विषयमा बेलाबेलामा बदनाम गर्ने कार्य भएको हुदां किसानले व्यवस्था गरेको ढक काटा चेक जाँच गरि कुखुरा उठाउनु पर्ने र कुनै सप्लायर्सले उठाउन नमानेको खण्डमा संघमा खवर गर्नु होला हामी कार्वाही गर्न तयार छौ भन्ने धारणा राख्नु भएको थियो ।
त्यसै गरि नेपाल कुखुरापालक किसान संघका केन्द्रीय अध्यक्ष श्री झनकप्रसाद पौडेलले किसानहरुलाई समय समयमा सप्लायर्सले ढक काटामा ठग्ने प्रवृती देखिएको कारण यस्तो प्रवृृती सधैँका लागि अन्त हुनु पर्ने देखिएको हुदां किसान र सप्लायर्स दुवै पक्षले ढक काटा चेक जाच गरेर मात्र कारोवार गर्ने र त्यसरी कारोवार गर्दा किसानले उजुरी गरेको खण्डमा स्वंय किसान जिम्मेवार हुनुपर्ने वताउनुभयो ।
बैठकका निर्णयहरु
१) ब्रोइलर कुखुरा पालक किसानहरुले अनिवार्य रुपमा ढक काटांको व्यवस्था गर्नु पर्ने छ । किसानले व्यवस्था गरेको ढक काटामा किसान र सप्लायर्सहरुले चेक जाच गरी कुखुरा लोड गर्नु पर्ने छ । किसानले व्यवस्था गरी जोखिएको कुखुरा वा किसानले ढक काटा व्यवस्था गर्न नसकि सप्लायर्सले व्यवस्था गरेको ढक काटामा दुवै पक्षले चेकजाँच गरि लोड गरिएको कुखुराको तौलमा गढबढ भएको खण्डमा किसान जवाफदेही हुने छ ।
२) किसानले व्यवस्था गरेको ढक काँटामा चेकजाँच गरि सप्लायर्सले कुखुरा लोड गर्न नमानेको खण्डमा सप्लायर्सको नियत खराब भएको कारण संघमा जानकारी गराउनु पर्ने छ र त्यस्ता सप्लायर्सलाई नेपाल पोल्ट्री सप्लायर्स कल्याणकारी संघवाट कार्वाही गर्नु पर्ने छ । किसान, सप्लायर्स, डिलर हरु विचको सम्बन्ध समधुर बनाउदै लैजानका लागि समय समयमा संयुक्त बैठकहरु बस्ने
३) चितवन जिल्लालाई आधारमानी ब्रोइलर कुखुराको फार्म मूल्य प्रति के. जी. रु.१३०। कायम गर्ने र सो मूल्यमा नघटाई कारोबार गर्ने समेत निर्ण भयो ।
चितवन नवलपुर दाना वितरक संघका अध्यक्ष श्री तेजनारायण पाण्डेको अध्यक्षतामा भएको उक्त बैठकमा नेपाल कुखुरा बजार व्यवस्थापन संघका केन्द्रीय अध्यक्ष श्री कृष्णहरी लोहनी, उपाध्यक्ष श्री निराजन खनाल, नेपाल पोल्ट्री सप्लायर्स कल्याणकारी संघका अध्यक्ष श्री जयकृष्ण सापकोटा र उपाध्यक्ष श्री रामकृष्ण अर्याल, नेपाल कुखुरा पालक किसान संघका अध्यक्ष श्री झनकप्रसाद पौडेल र उपाध्यक्ष श्री लेखनाथ लामिछाने, नेपाल दाना उद्योग संघ चितवनका अध्यक्ष श्री बालचन्द्र खनाल लगायतको उपस्थितीमा बैठक अत्यन्त सौहार्दपूर्ण रुपमा संचालन भएको थियो ।

Promise Education Consultancy