चितवन हात्ती महोत्सव १४ औं संस्करण आज देखि शुरु हुदै, प्रधानमन्त्री देउवाले उद्धघाटन गर्ने

चितवन, ११ पुस । चितवनको पर्यटकीय नगरी सौराहामा जिल्लाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रत्येक वर्ष आयोजना गरिदै आएको चितवन हात्ती महोत्सवको १४ औं संस्करण आजबाट शुरु हुदैछ ।
आज देखि १५ गते सम्म चितवनको सौराहामा आयोजना हुन लागेको हात्ती महोत्सवकोे तयारी पूरा भएको आयोजक संस्था क्षेत्रिय होटल संघ सौराहाले जनाएको छ ।

प्रतियोगीताका लागि आवश्यक पर्ने खेल मैदान व्यवस्थापन देखि स्वागत गेट निर्माण लगायतका सम्पूर्ण तयारी सकिएको संघका अध्यक्ष सुमन घिमिरले जानकारी दिए । हात्ती महोत्सवका कारण चितवनको सौराहा दुलही झैं सिंगारिएको छ । सौराहाका मुख्य बजार, होटल, पार्क, रिर्सोटहरु सजाइएको छ । ध्वजा पत्ताले बजार क्षेत्र सिंगारिएको संघका महासचिव राममणि खनालले बताए ।
१४ औं संस्करणको एक भव्य समारोहकाबीच नेपाल सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने कार्यक्रम तय भएको अध्यक्ष घिमिरेले जानकारी दिए ।

बाजागाजा सहित स्थानिय भेषभुषा सहितको एक दर्जन भन्दा  बढि संघसंस्था सहभागी ¥यालीले सौराहा बजार परिक्रममा गरि कार्यक्रममा प्रधानमन्त्री देउवाले सिठी फुकेर उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

प्रतियोगिता स्थलमा पर्यटकहरुको सुविधाका लागि शुल्क सहितको मिनि स्टेडियम समेत निर्माण भएको महोत्सवका संयोजक दिपक भटट्राईले बताए ।
यसैगरि हात्ती वनभोज कार्यक्रममा १ सय बढी हात्ती सहभागी हुने र उनीहरुलाई रुचि अनुसारको सक्कर, धान, केरा, काउली, बन्दा, उखु स्याउ, गाजर, सुन्तला लगायतका अन्य परिकारहरु खुवाईने तयारी भएको हात्ती वनभोज कार्यक्रमका संयोजक भेषराज दुवाडीले जानकारी गराए ।
बाघमारा मध्यवर्ती सामुदायिक वनको खुल्ला चौरमा हुने महोत्सवमा हात्तीवाकमा २० वटा, गत बर्षबाट थप गरेको हात्ती पोलोमा ४ वटा, हात्ती फुटबलमा ४, हात्ती श्रृगांरमा ५ वटा, र हात्ती वनभोजमा १ सय  वटा हात्ती सहभागी हुने  हाती बनभोज व्यवस्थापन समितिका संयोजक भेषराज दुवाडीले जानकारी दिए ।
साथै यस बर्षदेखि जनावरमैत्री हात्ती महोत्सवमा हात्तीको संरक्षणलाई थप उजागर गर्न हात्ती बार्थिगं प्रतियोगिता थप गरेको संघका सचिव दामोदर रेग्मीले बताए । यस प्रतियोगितामा ५ वटा हात्ती थप हुने उनले बताए ।
महोत्सवमा ६० वटा व्यावसायिक र संरक्षणमूलक स्टल राखिएको र प्रतियोगिता सम्पन्न गर्नका लागि ४० लाख खर्च लाग्ने अनुमान आयोजकले लिएको क्षेत्रिय होटल संघका सह कोषाध्यक्ष एवं आर्थिक समिति संयोजक गंगा गिरीले जानकारी दिए । प्रतियोगिताको आन्तरिक र बाह्य गरी करिब १ लाख ५० हजार बढि पर्यटकले अवलोकन गर्ने एवम् दुई करोड रुपैया भन्दा बढीको आथिर्क कारोबार हुने आयोजकको अपेक्षा छ । यो बर्ष प्रतियोगिता अवधिमा विदा समेत परेकोले गत बर्ष भन्दा २० प्रतिशतले आन्तरिक पर्यटकहरुको वृद्धि हुने घिमिरेले बताए ।

Promise Education Consultancy