वागेश्वरीलाई महिला व्यवसायीहरुको न्यानो कपडा

 

चितवन, १० पुस । वागेश्वरी आध्यात्मिक परिषद् योगी नरहरीनाथ आश्रमका गौ सेवकका लागि नारायणगढका महिला व्यवसायीहरुले जाडोका कपडा सहयोग गरेका छन् ।
सोमवार आश्रम परिसर पुजा सहेली कि सावित्री पौडेल (पुजा) धन्वन्तरि किल्निक का ऊषा सुवेदी, सुमन मीनिरल वाटरका मेनका चापाँगाई काप्रि र कीड्स वर्ल्ड का रोमि श्रेष्ठले जाडोका १२ थान कपडा सहयोग गरेका हुन् ।
सो अवसरमा परिषद्का कार्यालय सचिव योगाचार्य यदुनाथ पोखरेलले दानदाताहरुको सहयोगले आश्रम चलिरहेको बताउनु भयो। व्यवसायी उषा सुवेदीले लोपोन्मुख गाईहरुको संरक्षणमा लागिपरेका गौसेवकलाई सहयोग गर्न पाउँदा गाौरव लागेको वताउनु भयो ।
आश्रम विगत ३ दशक देखि स्थानिय प्रजातीको गाईहरुको संरक्षण गरिदै आएको छ ।
राष्ट्र गुरु योगिनरहिनाथले नै वागीश्वरीधाममा पनि गौ संरक्षणको पहल गर्नु भएको हो।
हाल आश्रम मा १२जना गौसेवक र १ सय ७५ भन्दा वढि गाईहरु रहेका छन् ।

Promise Education Consultancy