नारायणी कला मन्दिरको अध्यक्षमा अमरदेव प्रधान चयन

चितवन, पुष १० । नारायणी कला मन्दिरको अध्यक्षमा अमरदेव प्रधान चयन हुनुभएको छ । नारायणी कला मन्दिरको ४२ औँ वार्षिक साधारण सभा तथा अधिवेशनले प्रधानको नेतृत्वमा ११ सदस्य चयन गरेको हो ।

नयाँ सदस्यहरुमा उद्धव जोशी, रविन्द्र रेग्मी, सुविर श्रेष्ठ, सुशनलाल प्रधान, अनुकुल श्रेष्ठ, तार्जन श्रेष्ठ, हर्षमान श्रेष्ठ, पुष्प आचार्य, दिपक शाही ठकुरी, गणेश कुमार विपना, शुशिल गोपाल न्याछ्यो चयनु हुनुभएको हो । त्यस्तै पधाधिकारीहरु भने नयाँ कार्यसमितिले चयन गर्ने नवनिर्वाचित अध्यक्ष प्रधानले जानकारी दिनुभयो ।
यसैगरी नारायणी कला मन्दिरको उद्घाटन भरतपुर महानगरपालिककी मेयर रेणु दाहालले गर्नुभएको थियो । कार्यक्रमकी प्रमुख अतिथि समेत रहनुभएकी दाहालले उद्घाटन कार्यक्रममा बोल्दै नारायणी कला मन्दिरको श्रीबृद्धिको लागि सक्दो सहयोग गर्ने बताउनुभयो । उहाँले निकट भविष्यमै बन्न लागेको बहुउदेश्य सभाहलको लागि आर्थिक सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभयो ।

त्यस्तै उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमले नारायणी कला मन्दिरलाई यस अघिका दिनमा उद्योग वाणिज्य संघले सहयोग गर्दै आएको बताउँदै उहाँले अव पनि अभिभावकिय भुमिकामा रहेर सहयोग गर्ने बताउनुभयो ।

नारायणी कला मन्दिरका निर्वतनमा अध्यक्ष उमेश अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कला मन्दिरका संरक्षक सदस्यहरु महेन्द्रलाल प्रधान, भरतपुर महानगरपालिकाका वडा नम्वर दुईका अध्यक्ष पुणबहादुर श्रेष्ठ, पुर्व अध्यक्ष विज्ञानलाल श्रेष्ठ लगायतले बोल्नुभएको थियो ।

Promise Education Consultancy