क्लिंकर हटाउनुपर्ने माग गर्दै रक्सौलमा मालबाहक सवारी साधन संचालनमा रोक

बीरगन्ज, पुस १० ।रक्सौलमा मालबाहक सवारी साधन संचालनमा रोक लगाएको छ।मानव स्वास्थ्यमा असर परेको भन्दै सिमेन्टको कच्चा पदार्थ क्लिंकर हटाउनुपर्ने माग गर्दै रक्सौलबासीले बाटाचोकमा सवारी साधनमा रोक लगाएका हुन् ।

वीरगन्ज–रक्सौल नाकाहुँदै भित्रिने क्लिंकरलगायतका कारण प्रदूषण भएको उनीहरुको भनाइ छ ।यसअघि पनि रक्सौलका बिभिन्न संघ–संस्थाले यसबिरुद्ध आन्दोलन चलाएका थिए ।

वीरगन्जमा दर्जनभन्दा बढी सिमेन्ट उद्योग छन् । ती उद्योगले करिब ८५ प्रतिशत कच्चा पदार्थ भारतबाटै ल्याउने गरेका छन् ।

Promise Education Consultancy