प्रचण्डको उद्घोष : ठोरी केरुङ मार्ग छिट्टै निर्माण भई रेल गुड्ने, ठोरी गाभीनेछ

गोविन्द न्यौपाने
ठोरी, १० पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  ठोरी केरुङ मार्ग छिट्टै निर्माण भई दु्रत गतिको रेल गुड्ने बताएका छन् ।
ठोरी गाँउपालिकाले आज आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा वोल्दै त्रिदेशिय साझेदारीका आधार आगामी ५ बर्ष भित्र ठोरी केरुङ माग निर्माण भई दु्रत गतिको रेल गुड्ने बताएका हुन् ।
उनले चुनावको विजय जुलुसका लागी केपी ओली रसुवा जाने र आफु चितवन आउने संम्योगले ठोरी–केरुङ राजमार्ग बन्ने निश्चित भएको दावी छ ।  उनले ठोरी नाकालाई थप व्यवस्थित गर्ने समेत प्रतिवद्धता जनाए ।
प्रदेश नं. ३ मा ठोरी गाँउपालिकालाई गाभिने

साथै उनले प्रदेश नं. ३ मा ठोरी गाँउपालिकालाई गाभिने दावी गरेका छन् ।
प्रचण्डले ठोरीलाई पहिले नै प्रदेश ३ मा गाभ्ने सहमती भएपनि मधेश आन्दोलनका कारण रोकिएको वताए ।
ठोरीका स्थानिय जनताले पटक पटक प्रचण्डसहित विभिन्न दलका नेताहरुलाई भेटि ठोरीलाई ३ नम्बर प्रदेशमा राख्न माग राख्दै आएका थिए ।

उनले नयाँ बन्ने सरकारको पहिलो प्रथामिकतामा ठोरी रहने बताए । ठोरी गाँउपालिकाले सर्वसम्मत निर्णय गरेर प्रदेश ३ मा गाभिने बताएकाले कार्यान्वयनका लागी सहज भएको प्रचण्डको भनाई छ ।
प्रचण्डले आजै बाँदरझुलासहित माडीका विभिन्नठ ठाउँहरुमा कार्यक्रमलाई पनि सम्वोधन गर्नै कार्यक्रम रहेको छ ।