तौलमा ठगछन् कुखुरा किसानलाई सप्लार्यस्, प्रशासनको अनुगम गर्ने निकाय मौन

चितवन, १० पुस ।  भरतपुर महानगरपालिका वडा नं २० शारदानगरका कुखुरा व्यवसायी ठगी गर्ने सप्लायर्सलाई कारबाहीको माग गर्दै आन्दोलित भएका छन् ।
मुक्तिनाथ घिमिरेको घरमा शिव लोहनी सञ्चालक रहेको रासिका सप्लायर्सको ग २ च २३२७ को गाडीमा कुखुरा जोख्ने क्रममा ठगी गरेको भेटेपछि आइतबार दिनभर व्यवसायीहरु आन्दोलित भएका हुन् । कुखुरा जोख्ने क्रममा काँटा सेटिङ गरेर ठगी गरेको शंका लागेर भएको विवाद पछि इलाका प्रहरी कार्यालयमा ल्याएर जोख्दा ४० किलो कम्ती पाइएपछि कुखुरा व्यवसायी थप आक्रोशित बनेका थिए । यता सप्लायर्सहरुले भने हातपात गरिएको गुनासो गर्दै छानबिन हुनुपर्ने बताएका छन् ।
तीन काँटा कुखुरा जोख्दा एक क्विन्टल ४० किलो भयो भनेका थिए फेरि त्यही कुखुरा प्रहरी कार्यालयमा जोख्दा एक क्विन्टल ८० किलो भयो । डिजिटल तराजुमा सेटिङ गरेर सुनियोजित ठगी भएको छ । दोषीमाथि कारबाही र ठगिएका व्यवसायीलाई क्षतिपूर्ती हुनुपर्ने कुखुरा ब्यवसायी मुक्तिनाथ घिमिरेले बताए ।
‘पश्चिम चितवनमा श्रृङ्खलाबद्ध ठगीका खबर आइरहेका छन्, यो पाँचौ पटक हो दसैँ पछि मात्रै पात्र अलग भए पनि प्रवृत्ति उस्तै हो कुखुरा व्यवसायीहरु पलपल यसरी नै ठगिँदै आएका छन्’ नेपाल कुखुरा बजार ब्यवस्थापन संघका केन्द्रीय उपाध्यक्ष भिमसेन राउत बताउँछन् । ‘यसरी पटकपटक किसान ठगिनु परेको छ, व्यवसायी कसरी उभो लाग्ने ९५ को चल्ला किनेर १२५ मा बेच्नुपर्ने बाध्यता त छँदैछ’, उपाध्यक्ष राउत बताउँछन् ।
सप्लार्यसहरुबाट पटकपटक व्यवसायीहरु ठगिनु दुर्भाग्य भएको नेपाल कुखुरापालन किसान संघका केन्द्रीय अध्यक्ष झलकप्रसाद पौडेल बताउँछन् । पटकपटक सचेत गराउँदा पनि तीन काँटा जोख्दा ४० किलो कम हुनु भनेको सप्लायर्सहरुको खुलेआम लुट हो यस्ता लापरवाही र सुनियोजित ठगी विरुद्ध भण्डाफोरमा उत्रिनुपर्ने अध्यक्ष पौडेलले बताए ।
‘संघले तोकेभन्दा कममा कुखुरा उठाउँदा किसान मर्कामा त छँदैछ’, अझ काटा मार्नु सप्लायर्सको यस्तो घिनलाग्दो प्रवृत्तिले कुखुरा व्यवसायीहरु कहिल्यै उभो नलाग्ने हुँदा यस्तो खेल विरुद्ध आन्दोलित हुनुको विकल्प नरहेको अध्यक्ष पौडेलले बताए । डिजिटल काँटामा व्यापारीका हजार दाउ हुने हँुदा व्यवसायी आफै सचेत हुनुपर्ने समेत अध्यक्ष पौडेलले बताए ।  

Promise Education Consultancy