काठमाडौँको वायु खतरनाक, २४ सै घन्टा श्वास फेर्न अनुपयुक्त, प्रदूषणबाट यसरी बच्न सकिन्छ !

काठमाडौँ, १० पुष । उपत्यकामा वायु प्रदूषणको दर यतिविघ्न बढेको छ कि यहाँ २४ सै घन्टा श्वास फेर्नलायक वायु उपलब्ध छैन । प्रदूषणको दर बढ्दो क्रममा रहेकाले मानवजीवन प्रत्येक क्षण खतरातर्फ धकेलिँदो छ । सरकारी मापदण्डभन्दा वायु प्रदूषण दर पाँच गुणासम्म बढेको छ ।

विश्व स्वास्थ्य संगठनले सामान्य जीवनयापनका लागि २० माइक्रोग्राम पर मिटर क्युवसम्म वायु प्रदूषण हुँदा फरक नपर्ने मापदण्ड तय गरेको छ । तर, हाल उपत्यकाको वायु प्रदूषणको दर एक सय ४२ माइक्रोग्राम पर मिटर क्युवसम्म पुग्ने गरेको छ । सरकारले ४० माइक्रोग्राम पर मिटर क्युव मापदण्ड तोकेको छ । यो तथ्यांक केलाउँदा उपत्यकाको वायु २४ सै घन्टा श्वास फेर्नलायक नभएको तर्क गर्छन् वातावरणविद् र स्वास्थ्यकर्मी । केही दिनयता काठमाडांै उपत्यकाको तापक्रम २ डिग्री सेल्सियससम्म झर्दा वायु प्रदूषण ह्वात्तै बढेको देखिन्छ।

स-साना धुलोका कणबाट प्रदूषण बढ्नुमा सवारीसाधन नै जिम्मेवार भएको पाइएको छ । ३६ प्रतिशत प्रदूषण सवारीसाधनका कारण हुने गरेका छन् भने ६० प्रतिशत प्रदूषणमा सवारीसाधन र सडकका धुलो जिम्मेवार छन् । उपत्यकाको वायु अति प्रदूषित रहेकाले अहिले मास्कबिना हिँडडुल गर्नु आफैं खतरा निम्त्याउनु हो । स-साना धुलोको कण फोक्सो हँुदै रक्तनलीसम्म सहजै पुग्दा मानवस्वस्थ्यमा गम्भीर असर पर्छ  आजको अन्नपूर्णपोष्टमा खबर छ ।

प्रदूषणबाट बच्ने उपाय

– मर्निङ वाकमा जाँदा सडकभन्दा परको खुला स्थान रोज्नु

– मास्क लगाएर हिँडडुल गर्नु

– बिहान ९ बजेभन्दा अगाडि चलहपहल हुने क्षेत्रमा ननिस्कनु

– फोहोर जलाउन नदिनु

– धुलो सरसफाइमा सहयोग गर्नु

Promise Education Consultancy