भोली सोमबार सार्वजनिक विदा

काठमाडौँ,९ पुष । सरकारले सोमबार एक दिनकालागि सार्वजनिक विदा दिने निर्णय गरेको छ ।गृह मन्त्रालयले मंसिर १४ गते नै विज्ञप्ति जारी गरी क्रिसमसमा सार्वजनिक विदा दिने निर्णय गरेको थियो। यसअघि राजपत्रमा प्रकाशित सूचनामा क्रिसमसको दिन इसाइ धर्मावलम्बी कर्मचारीहरुलाई मात्र विदा दिने गरेको थियो।

सोमबार इसाइ धर्मावलम्बीहरुको महत्वपूर्ण चाड हो ।

Promise Education Consultancy