काठमाडौंमा नेविसंघको प्रदर्शन

काठमाडौं,९ पुष । राष्ट्रिय सभाको निर्वाचनसम्बन्धी अध्यादेश तत्काल प्रमाणीकरण गर्न राष्ट्रपति विद्या भण्डारीलाई दबाब दिन नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ सडकमा उत्रिएका छन् । नेपाल विद्यार्थी संघले आइतबार दिउँसो काठमाडौंमा सडक प्रर्दशन गरी राष्ट्रिय सभाको निर्वाचनसम्बन्धी अध्यादेश तत्काल प्रमाणीकरण गर्न राष्ट्रपति भण्डारीलाई दबाब दिएको हो।

सरकारले पठाएको अध्यादेश तत्काल प्रमाणीकरण गरेर नयाँ सरकार गठनका लागि निकास दिन राष्ट्रपतिलाई दबाब दिएको नेविसंघका नेता कुन्दनराज काफ्लेले जानकारी दिए। नेपाल विद्यार्थी संघले सरकारले पठाएको अध्यादेश राष्ट्रपतिले रोकेर राख्न नमिल्ने दावी समेत गरेको छ।

काठमाडौंको प्रर्दशनीमार्गमा गरिएको प्रर्दशनमा नेविसंघका नेता, कार्यकर्ताहरुले राष्ट्रपति भण्डारीले सरकारले पठाएको अध्यादेश रोकेर संवैधानिक प्रक्रियालाई अवरुद्ध पार्न खोजेको आरोपसहितको चर्का नाराबाजी गरेका थिए।
च्

Promise Education Consultancy