लागुऔषधसहित तीन जना पक्राउ

काठमाडौं, ९ पुस । महानगरीय प्रभाग बलम्बुले चन्द्रागिरी नगरपालिका १० को धौलागिरी सडकखण्डबाट लागुऔषध सहित जियालाल महतोलाई पक्राउ गरेको छ ।

उनको साथबाट नुफिन ३७ एम्पुल, डाईजाल्याब ३७ एम्पुल र फेनेरागन ३७ एम्पुल बरामद भएको छ ।

यसैगरी, चन्द्रागिरी नगरपालिका २, नागढुंगामा महोत्तरीबाट काठमाडौं आउँदै गरेको ना ४ ख ९५०९ नंबरको यात्रुबाहक बस चेक गर्ने क्रममा विवेककुमार सिंह र नितेश श्रेष्ठलाई नाईट्राजोपाम ३८४ ट्याब्लेटसहित पक्राउ गरेको महानगरीय प्रहरी प्रभाग नागढुंगाले जनाएको छ ।

उनीहरुलाई महानगरीय प्रहरी वृत्तमा राखी आवश्यक अनुसन्धान भैरहेको छ ।