यातायातका दुई कर्मचारी २५ हजार घुससहित पक्राउ

काठमाडौँ, ९ पुष । यातायात व्यवस्था विभाग एकान्तकुनाका दुई कर्मचारी  घुस लिदैँ गर्दा  पक्राउ परेका छन्।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले विभागका नायव सुब्बा यादव पौडेल र खरिदार सुमन पोखरेललाई २५ हजार घुससहित पक्राउ गरेको हो।

साउदी अरब र कतारको लाइसेन्सलाई नेपालीकरण गर्न घुस लिने क्रममा नासुको कार्यकक्षबाटै उनीहरुलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ। उनीहरुसँगै दलाल अशोक कार्की पनि पक्राउ परेका छन्।

Promise Education Consultancy